आज :

चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउदै, यस्तो छ तयारी, तनावमा अमेरिका

  • अनलाइन डबली

एसिया । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ ।

चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थिक प्रतिस्पर्धाले विश्वका विशाल अर्थतन्त्रहरू बीचको तनाव र सैन्य अभ्यासले द्वन्द्वलाई मत्थर गर्न बल नमिल्ने विश्लेषकहरू बताउँछन् ।

केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्याण्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गरेका थिए ।

उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोर्सको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन् ।

अमेरिकाले इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्याण्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो ।

एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal