आज :

अमेरिकालाई चुनौती दिँदै चीन र थाइल्याण्डले संयुक्त युद्ध अभ्यास गर्दै, चीनका लडाकु विमान थाइल्याण्ड पुगे

  • अनलाइन डबली

काठमाडौँ । चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने लागेका छन् । अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा चीनविरोधी वातावरण बनाइरहेको बेला चीन र थाइ सरकारले सैन्य अभ्यास गर्न लागेका हुन् । ताइवानलाई चारैतिर घेराउ गरेर एक हप्तासम्म बास्तविक अस्त्र प्रहार गरेर चीनले एकल सैन्य अभ्यास गरेको थियो । अहिले ताइवान र चीनको सीमा क्षेत्रमा समुन्द्र र हवाईमा क्षेत्रमा चीनले गस्ती बढारहेको बेला यो सैन्य अभ्यास गर्न लागेको छ ।

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । चिनियाँ संचारमाध्यमहरुका अनुसार चीनको वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोर्सको आधार शिविरमा संयुक्त सैन्य अभ्यास हुनेछ । त्यहाँ दुबै देशका सेना तयारी अवस्थामा रहेका छन् । याे सैन्य अभ्यास अमेरिकालाइ चुनाैती दिन गर्न लागिएकाे बताइएकाे छ ।

अमेरिकाले चीनको चुनौतीको बेवास्ता गर्दै सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमण गराएर विवाद बढाएको थियो । पेलोसीको भ्रमणबाट आक्रासित चीन युद्धको आवस्थामा पुगेको बताइएको छ । चीनले परिवारका सदस्यसहित पेलोसीमाथि प्रतिबन्ध लगाएको छ भने अमेरिकासँगको सम्बन्धलाई स्थगित गरेको छ । यो निर्णयलगत्तै ताइवानलाई घेरा बन्दी गरेको चीनले नाकाबन्दी पनि लगाएको छ ।

अमेरिकाले सन् २००९ मा इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सैन्य अभ्यास गरेर यो क्षेत्रमा तनाव पैदा गरेको थियो । अमेरिकाले एक चीन नीति विरोधी कार्य गरेको भन्दै चिनियाँ नेतृत्व पछिल्ला दिनमा आक्रोसित भएको छ । ताइवानको वरपरको जलक्षेत्र र आकाशमा अझै युद्धपोत र क्षेप्यास्त्र तैनाथ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले सिर्जना गरेका विश्वका पछिल्ला घटनाले तेस्रो विश्वयुद्ध नजिक आइरहेको भान हुन थालेको रक्षा विज्ञहरु बताउन थालेका छन् । रुस–युक्रेन घटनामा अमेरिकाको संलग्नता, ताइवानमा पेलोसीको भ्रमण, इजरायललाई उचाल्नेदेखि जापानलाई सैनिकीकरण लैजाने प्रयासले अमेरिका विश्वयुद्ध निम्ताइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal