आज :

विश्व प्रसिद्ध उपन्यासकार सलमानमाथि न्युयोर्कमा आक्रमण

  • अनलाइन डबली

काठमाडौँ । विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ।

अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रूस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

प्रहरीले आक्रमणकारी फेयरभ्यु, न्यु जर्सीका २४ वर्षीय हादी माटरलाई पक्राउ गरेको छ। उनलाई घटनास्थलबाटै पक्राउ गरिएको न्यूयोर्क प्रहरीले जनाएको छ। आक्रमणको कारण स्पष्ट नभएको राज्यका प्रहरी मेजर युजीन स्टानिस्जेस्कीले बताए।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका थिए। ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन्। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रूहोल्लाह खोमिनीले रूस्दीको हत्या गर्न आह्वान गरी उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal