आज :

युक्रेनको जापोरिजियमा जनमत संग्रहः युक्रेनी भन्छन्- थप बर्बाद हुनबाट बच्न रुससँग मिल्नुपर्छ

  • अनलाइन डबली

काठमाडौँ । रुसको नियन्त्रणमा गएको युक्रेनको मुख्य शहर जापोरिजियामा जनमत संग्रह सुरु भएको छ । जनमत संग्रहको लागि रुसले अधिकारीको नियुक्त गरेसँगै औपचारिक रुपमा जनमत संग्रह सुरु भएको हो । भारतीय पत्रकार जनक दवेका अनुसार रुसले युक्रेनका कब्जा गरेका शहरहरुमा जनमत संग्रह गराउँदै छ । युक्रेनको मुख्य शहर जापोरिजियासँगै अन्य सहरमा पनि जनमत संग्रह गर्ने रुसको तयारी रहेको पत्रकार जनकले बताएका छन् ।

जापरिजिया युक्रेनको रणनीतिक सहर हो । यूरोपकै ठूलो परमाणु ऊर्जा केन्द्र पनि पनि भएकोले सो सहरलाई महत्वको साथ हेरिन्छ । रुसी संचारमाध्यमहरुका अनुसार जापरिजियाका अधिकांश नागरिक रुससँग मिल्नुपर्ने बताउँछन् । उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा देशहरुको पछि लागेर आफ्नो बर्बाद बनाएको बताउँछन् । जेलेन्स्कीले अजै देशलाई बर्बाद बनाउन लागेको भन्दै जनमत संग्रहको माग गरिरहेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् ।

रुसले यसअघि नै सम्पूर्ण युक्रेनी नागरिकलाई नागरिकता दिने निर्णय गरिसकेको छ । राष्ट्रपति भ्लाेदिमिर पुटिनले सो सम्बन्धी कानुनमा हस्ताक्षर गरिसकेका छन् । यहाँ पनि रुसी भाषीहरु धेरै छन् ।

रुसले लुहान्स्क र डोनट्स्कलाई छुटै देशको मान्यता दिइसकेको छ । यी क्षेत्र युक्रेनबाट मुक्त भइसकेका छन् । डोनबासमा अहिले युक्रेनले अमेरिका दिएको हिमार्सलगायत लामो दूरीका हतियारले प्रहार गरिरहेको छ । युक्रेनको हमलाबाट स्थानीय नागरिकको ज्यान गइरहेको छ ।
जनमत संग्रहको तयारी भइरहेको बेला युक्रेनले जापरिजिया परमाणु केन्द्रमा रकेट प्रहार गरेको छ । दशवटा रकेट प्रहार गरिएको केन्द्रका अधिकारीाहरुले बताएका छन् । तर, युक्रेनले स्वीकार गरेको छैन ।

अमेरिकाले परमाणु केन्द्र आसपासको क्षेत्रलाई युद्ध निषेधित क्षेत्र घोषणा गर्न सम्झौता हुनु पर्ने माग गरिरहेको छ । यूरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरिजामा फेरि हमला भएको छ । रुसको नियन्त्रणमा रहेको उक्त ऊर्जा केन्द्रको कार्यालय र अग्नि केन्द्रमा दशवटा हमला भएको बीबीसीले जनाएको छ । रुसी संचारमाध्यमहरुका अनुसार युक्रेनले केही दिनदेखि असंवेदनशील बन्दै केन्द्रमा हमला गरिहरेको छ । युक्रेनले आफ्नो नियन्त्रणमा ल्याउन हमला गरिरहेको छ । सैन्य कारवाही सुरु गरेको केही दिनमै उक्त केन्द्र रुसी सेनाको कब्जामा गएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताएका छन् । यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ । राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएको बीबीसीले जनाएको छ ।

बुधवार मात्रै जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो । पश्चिमा देशहरुले जानीजानी केन्द्रमा हमला गरिरहेको रुसले आरोप लगाएको छ । उता अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ ।

उता युक्रेनले पनि रुसले हमला गरेको आरोप लगाउँदै विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको बताएको छ । मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि हमला भएको थियो ।

युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर, रुसले उक्त आरोप निराधार भएको बताउँदै युक्रेन हमला गरिहरेको बताएको छ ।
पछिल्ला हमलामा परी युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ । त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ ।

केन्द्रको सुरक्षामा खटिएका अधिकारीहरुले युक्रेनले हमला गरेको बताएका छन् । उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन् ।

बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे । आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिनुपर्ने बताए । यो परमाणु केन्द्रमा छ वटा प्रेसराइज्ड वाटर रियाक्टरहरू छन् र रेडियोधर्मी विकारहरू पनि छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal