आज :

भिषण बर्षापछि बाढी, मृत्यु हुनेको संख्या ११ पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ । दुई दिनको मुसलबारे वर्षाले राजधानीका सडक र सब वे स्टेशनमा बाढी पुगेको छ ।

राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताएका छन् ।

यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभर फ्लो मेट्रो स्टेसनबाट हिँडिरहेको देखाएको छ ।

बाढीका कारण मृत्यु भएका ११ जनामा ६ जना सोल, तीन जना ग्योन्गी र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ । बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ ।

पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal