आज :

युक्रेनमाथि रुसीले फेरी गर्यो अर्को भिषण हमला, जेलेन्स्कीले के भने ? हेर्नुहोस बिस्तृतमा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको मध्यभागमा रूसले रातभर भिषण गोलाबारी गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।

जापोरिज्जिया युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् । रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो ।

त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध वि ष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने । क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो ।

यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।

यसैबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं ।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ ।

एक शीर्ष युक्रेनी सल्लाहकारले रुसी हवाई आधारमा भएको विस्फोटमा युक्रेन जिम्मेवार नभएको बताएका छन् । क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो ।

तर, सन् २०१४ मा एक जनमत संग्रह पछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal