आज :

न्यूजिल्याण्ड क्रिकेटले ट्रेन्ट बोल्टलाई केन्द्रीय अनुबन्धबाट मुक्त गर्यो

  • अनलाइन डबली

काठमाडौँ । न्युजिल्यान्ड क्रिकेट बोर्ड तिब्र गतिका बलर ट्रेन्ट बोल्टलाई आफ्नो केन्द्रीय सम्झौताबाट रिलिज गर्न गर्न तयार भएको छ।

बोल्टले आफ्नो अन्तर्राष्ट्रिय करियर कम भएको भन्दै परिवारसँग बढी समय बिताउन र टी २० लिगमा केन्द्रीत गराउन आफूलाई केन्द्रीय अनुबन्धबाट मुक्त गराइदिन अनुरोध गरेका थिए।

३३ वर्षीय बोल्टले बुधबार घोषणा गर्नुअघि न्यूजिल्याण्ड क्रिकेट बोर्डसँग पर्याप्त छलफल गरेका थिए। बोल्टको पछिल्लो निर्णयले न्यूजील्याण्डलाई ठूलो प्रभाव पार्ने देखिएको छ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै बोल्टले न्यूजिल्याण्ड क्रिकेटका प्रमुख कार्यकारी डेभिड ह्वाइटलाई भ्रमणको लागि आफ्नो भोक कम भएको र आफू परिवारसँग बढी समय बिताउन चाहेको स्पष्ट पारेका थिए।

‘यो मेरो लागि साँच्चै कठिन निर्णय भएको छ। यो अवस्थासम्म आइपुग्न न्यूजिल्याण्ड क्रिकेट बोर्डले गरेको सहयोगको लागि धन्यवाद दिन चाहन्छु,’ बोल्टले भनेका छन्,‘मेरो देशको लागि क्रिकेट खेल्नु बाल्यकालको सपना थियो। विगत १२ वर्षमा ब्ल्याक क्याप्सबाट हाँसिल गरेका सबै कुरामा म गर्व गर्छु।’

यद्यपि बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन्। तर उनले अब न्यूजिल्याण्डको राष्ट्रिय टिमबाट कम खेल्नेछन्। किनकि, न्यूजिल्याण्ड क्रिकेट बोर्डले अनुबन्धित खेलाडीलाई पहिलो प्राथमिकता दिने गरेको छ।

यस वर्षको सुरूमा बोल्ट आईपीएलबाट सिधै इङ्ल्यान्डविरूद्धको टेस्ट सिरिज खेलेका थिए। उनले राजस्थान रोयल्सका लागि १६ खेल खेलेका थिए। जसमा मे २९ मा अहमदाबादमा भएको फाइनल पनि थियो, त्यसको पाँच दिनपछि जुन २ मा लर्ड्समा भएको टेस्ट खेल खेल्नुअघि उनले लगभग ३८ ओभर बलिङ गरे।

यद्यपि, उनलाई न्युजिल्यान्डको सीमित ओभरको युरोप भ्रमणबाट विश्राम दिइएको छ। तर वेस्ट इन्डिजमा रहेको वर्तमान टोलीका सदस्य उनले त्यो शृङ्खला पूरा गर्नेछन्।

बोल्टले अष्ट्रेलिया विरूद्ध होबार्टमा भएको प्रसिद्ध टेस्ट जितमा डेब्यु गरेपछि तीन वटै ढाँचामा २१५ पटक न्यूजिल्याण्डको प्रतिनिधित्व गरेका छन्।

उनी न्यूजिल्याण्डका लागि ३०० टेस्ट विकेट लिने चार जना मध्ये एक हुन्। जसले २७.४९ मा १० पाँच विकेट लिएर ३१७ स्क्याल्प लिएका छन्। यस्तै एक १० विकेट लिएका छन्।

उनले एकदिवसीयमा १६९ र टी–२० मा ६२ विकेट लिएका छन्। उनी हाल विश्वको नम्बर १ ओडिआई बलर हुन् भने टेस्ट वरीयतामा ११ औं स्थानमा छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal