आज :

पुटिनले दिए यस्तो नयाँ आदेश, ओडिसामा अमेरिकाले दिएको हार्पुन मिसाइलको गोदाम ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले पुक्रेन पठाएका लामो दूरीका हतियारलाई निसाना बनाउन आदेश दिएका छन् । अमेरिका र नेटोले दिएका लामो दूरीका हतियारले रुसी सेनामाथि हमला गर्न थालेपछि पुटिनले नयाँ आदेश दिएका हुन् ।

रुसी सेनाले अमेरिकाले दिएको एम–७७, हार्पुन र हाइमार्सलाई निसाना बनाएको छ । त्यस्तै, एम–७७७ लाई पनि रुसले निसाना बनाएको छ । एम– ७७७ ले ३० देखि ४० किलोमिटरसम्म सजिलै मार हान्न सक्छ भने एक मिनेटमा ४ वटा गोली प्रहार गर्न सक्छ । हार्पुनले २५० ३०० किलोमिटरसम्म मार हान्न सक्छ ।

रुसले सैन्य कारवाही सुरु गरेको केही हप्तामै युक्रेनका धेरै क्षेत्र कब्जामा लिइसकेको थियो तर अमेरिका र नेटो देशहरु लामो दूरीका हतियारसँग अनौपचारिक सेना पठाएपछि युद्ध लम्बिएको थियो । त्यस्तै, जर्मनीले दिएको पीजेडएच– २००० तोपबाट रुसी सेनामाथि हमला भइरहेको छ ।

रुसी सेनाका प्रवक्ताले भिडियो सन्देशमार्फत ओडिसामा रहेको हार्पुन मिसाइलको गोदाम ध्वस्त पारेको बताएका छन् । उनले नेटो तथा अमेरिकाले दिएको हार्पुन मिसाइल सो क्षेत्रको गोदममा राखिएको थियो । त्यस्तै, रुसले सुखोई २५ फाइटर विमानबाट अमेरिकाले दिएका लामो दूरीका हतियारलाई निसाना बनाएर हमला गरिरहेको छ । रुसले ब्ल्यक सीबाट कलिब्र मिसाइल प्रहार गरिरहेको छ ।

युक्रेनी सेनाले नेटोले दिएको एम– २७० मिसाइल सिस्टम जस्ता लामो दूरीका हतियारबाट आफ्नै नागरिकमाथि हमला गरिरहेको छ । केही दिन पहिले युक्रेनी सेनाले डोनेट्स्कको युद्धबन्दी राखिएको जेलमा हमला गरेको थियो । युद्ध बन्दी बनाइएका ६० जना भन्दा बढीको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

त्यो भन्दा पहिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको नियन्त्रणमा पुगेका आफ्ना सरकारी र सेनाले देशहरु लागेको आरोप लगाएका थिए । युद्धमैदानबाट रुसी सेनाले कब्जामा लिएकाहरुलाई जेलमा बन्दी बनाएर राखिएको छ । तर, जेलेन्स्कीले आफूविरुद्ध लडेको आरोप लगाएका थिए । जेलेन्स्कीले त्यस्तो आरोप लगाएको केही दिनमै उक्त जेलमा हमला गरिएको थियो ।

त्यस्तै, युक्रेनले खेरसनमा रुसी सेनामाथि गरिएको मिसाइल हमलामा स्थानीय नागरिकको ज्यान गएको थियो । अमेरिकाले दिएको मिसाइल प्रहारबाट आफ्नै नागरिकको ज्यान गएको थियो । रुसी सेनाले सो क्षेत्र तैनाथ गरिएको अमेरिकी हाइमार्स मिसाइल सिस्टम ध्वस्त पारिदिएको थियो । सो क्रममा ५३ जना अमेरिकी र बेलायती सेनालाई पनि रुसीले कब्जामा लिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पुटिनले नयाँ आदेश दिनुअघि रुसी सेनाको विशेष हेलिकोप्टरले युक्रेनका विभिन्न क्षेत्रका अवलोकन गरेको थियो । उक्त होलिकोप्टरमा उच्च कमाण्डर रहेको अनुमान गरिएको छ । त्यसपछि रुसी रक्षामन्त्रीले सैन्य कमाण्डरसहित एउटा बैठक गरेको बताइएको छ ।

उक्त बैठकमा युक्रेनमा रहेका सैन्य कमाण्डर पनि सहभागी रहेको बताइएको छ । बैठकले नयाँ सैन्य रणनीति अपनाएको पनि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । नयाँ रणनीति अनुसार पहिला अमेरिका तथा पश्चिामा देशहरुले दिएका लामो दूरीका हतियारलाई ध्वस्त पार्ने, त्यसपछि भिषण हमला गर्ने रहेको रुसको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal