आज :

सत्ता गठबन्धनको साथ छोड्दै मुख्यमन्त्रीले दिए राजीनामा, यस्ताे छ कारण

  • अनलाइन डबली

काठमाडौँ । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। मंगलबार उनले प्रदेशका गभर्नरलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन्।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’

अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।

यसैबीच भारतले चिनियाँ मोबाइल निर्माताहरूलाई १२ हजार भारुभन्दा सस्तोमा मोबाइल बेच्न रोक्ने योजना बनाएको छ । १२ हजार भारुभन्दा कममा मोबाइल बजारमा भारतीय ब्राण्डहरुलाई ठाउँ बनाउनको लागि सरकारले यस्तो कदम उठाउन लागेको स्रोतले बताएको हाे ।

यस कदमले सायोमीजस्ता सस्तो मोबाइल विक्रीमा प्रभुत्व जमाएको कम्पनीको व्यापारमा असर पर्ने छ । सन् २०२२ जुनसम्म भारतमा विक्री भएका प्रत्येक तीन फोनमा एक फोन १२ हजार भारुभन्दा सस्तो सेट थिए ।

तीमध्ये ८० प्रतिशत चीनमा बनेका मोबाइल रहेको बजार अध्ययता काउन्टरपोइन्टले बतायो । यससम्बन्धि व्यवस्था कुनै नीतिमार्फत लागु हुनेछ वा अनौपचारिक च्यानलमार्फत कम्पनीसम्म पु¥याइनेछ भन्नेमा हालसम्म केही स्पष्ट भएको छैन ।

नयाँ दिल्लीले यसअघि नै भारतमा संचालनमा रहेका चिनियाँ फर्महरु सायोमी र प्रतिद्वन्द्वी ओपो र भिभोमाथि अनुसन्धान गर्न थालेको छ । जसबाट कर छली तथा सम्पती शुद्धीकरणको आरोप लाग्न थालेको छ ।

भारत सरकारले यसअघि नै हुवावे टेक्नोलोजीजको र जेडटीई कोर्पका दुरसंचार उपकरणहरूलाई अनौपचारिक माध्यमबाट प्रतिबन्धित गरेको छ ।

भारत–चीनबीच हिमाली सिमा क्षेत्रमा हिंसात्मक झडप भएपछि सन् २०२० को गृष्मदेखि भारत सरकारले चिनियाँ फर्मममाथि दबाब बढाएको छ । त्यसयता झण्डै ३०० एपहरु प्रतिबन्धित भइसके ।

चीनको सस्तो मोबाइलहरू भारतमा आउनुअघि लाभा र माइक्रोम्यासजस्ता भारतीय कम्पनीहरुले भारतीय मोबाइल बजारको आधा हिस्सा ओगटेका थिए ।

नीजि वहसमा भारत सरकारले चिनियाँ कार्यकारीहरूसँग भारतमै निर्माण इकाई खोल्न र वितरण सञ्जाल विकास गर्न आग्रह गर्ने गरेको छ । यसले भारत अझै पनि चीनको लगानी भित्र्याउन इच्छुक रहेको देखाउँछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal