आज :

ट्रम्प पनि चीनको पक्ष ? भन्छन्– पेलोसी अराजकतावादी महिला हुन्, जहाँ गयो त्यही बिर्गाछन्

  • अनलाइन डबली

काठमाडौँ । अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो ताइवान तनाव न्यान्सी पेलोसीका कारण भएको बताएका छन् । पेलोसीले ताइवानको भ्रमण गरेर विवाद उत्पन्न गराएको ट्रम्पको दाबी छ । ट्रम्पले किन ताइवान गएको भन्दै प्रश्न समेत गरेका छन् ।

अमेरिकी सभामुख पेलोसी अराजकतावादी महिला भएको समेत ट्रम्पले बताएका छन् । “उनी अराजकतावादी महिला हुन्, जे काम दियो त्यही बिर्गाछन्” ट्रम्पले भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

पेलोसीको ताइवान भ्रमणलाई पागलपनको संज्ञा समेत दिँदै ट्रम्पले उक्त भ्रमणकै कारण चीनसँग तनाव बढेको बताए । आफ्नो कार्यकालमा यस्तो कुनै विवादित काम नभएको भन्दै ट्रम्पले राष्ट्रपति जो बाइडनको कच्चा कुटनीतिका कारण समस्या भएको बताएका छन् ।

यसअघि ट्रम्पले युक्रेनमाथि रुसी सैन्य कारवाही आन्तरिक कुरा भएको बताउँदै अमेरिकी चाँसो र सहभागिताको विरोध जनाएका थिए । ट्रम्पले आफ्नो कार्याकालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रै सम्बन्ध बनाएका थिए । हुन त चुनाव जिताउने पुटिनले सहयोग गरेको आरोप लागेको थियो । त्यही आरोका कारण प्रत्यक्ष सुमधुर सम्बन्ध देखाउन त सकेनन् तर ट्रम्पले औपचारिक कार्यक्रममै पुटिनको प्रसंशा गर्दै आएका छन् ।

ट्रम्पको भनाईको अमेरिकामै चर्चा भइरहेको छ । सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्प ताइवान प्रकरणमा चीनको पक्षमा उभिएको रुपमा हेरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

पेलोसीले ताइवानको भ्रमण गर्ने समाचार सार्वजनिक भएदेखि नै चीनले रोक्न आग्रह गर्दैैै आएको थियो । तर, अमेरिकाले नरोकेर सैन्य विमानमा ताइवान पठायो । त्यसबाट आक्रोसित भएको चीनले पुनः एकीकरण नभएसम्म घेराबन्दी जारी राख्ने जनाएको छ । चिनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले जनमुक्ति सेनाले ताइवानको अस्तित्व रहेसम्म घेराबन्दी जारी गर्ने जनाएको छ ।

पेलोसीको ताइवान भ्रमण अमेरिकाको लागि प्रतित्पादक हुने देखिएको छ । एक चीन नीतिको पक्षमा नेपालसहित एक सय भन्दा बढी देशहरुले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । अमेरिकाको पक्षमा जापान र अस्ट्रेलिय मात्रै खुलेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal