आज :

रुस- युक्रेन यु द्धबारे भयो यस्तो सनसनीपूर्ण खुलासा, संसार स्तब्ध

  • अनलाइन डबली

काठमाडौँ । रुस- युक्रेन यु द्धबारे अमेरिकाले सनसनीपूर्ण खुलासा गरेको छ । जसकारण बिश्वका अधिकांश मानिस स्तब्ध भएका छन् ।

२४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले खुलासा गरेका छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नागरिकको ​ मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने ।

यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । यु द्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन् ।

रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिरहेको बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । यसैबीच रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ ।

कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ ।

इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ ।

निलो, सेतो र रातो होर्डिङमा लेखिएको छ, हामी एक छौं, हामी रुसका साथ छौं । रुसी राष्ट्रपति पुटिन आफ्नो कब्जामा रहेको क्षेत्रमा रुसले जित्ने गरी जनमत संग्रह गराउन चाहन्छन् ।

रुसको कब्जामा रहेका युक्रेनको दक्षिणमा खेरसनजस्ता सहर र गाउँहरूमा रुसी नियुक्त प्रशासकहरूले सेप्टेम्बरमा चुनाव गराउने तयारी गरेका छन् । यो भोटको नतिजामार्फत यस क्षेत्रका जनता रुससँग बस्न चाहन्छन् भन्ने कुरा थाहा हुनेछ ।

नयाँ निर्वाचन आयोगहरूमा रूसीहरू नियुक्ति भइरहेका छन् । युक्रेन र पश्चिमी देशका अधिकारीहरूले भने हाल गरिने कुनै पनि जनमत संग्रह वैध नहुने बताएका छन् । युक्रेनका विश्लेषकहरूले जनमत संग्रहमार्फत पुटिनले युक्रेनका नियन्त्रित भूभागको नियन्त्रणलाई वैधता दिने प्रयास गरेको बताएका छन् ।

रूसी अधिकारीहरूले जनमत संग्रह गर्न खोजेका चार क्षेत्रमध्ये एकमा पर्छ , खेरसन क्षेत्र । त्यसबाहेक जोपोरभिझिया, लुहान्स र दोनेत्स्क क्षेत्रमा पनि जनमत संग्रह हुनेछ । ​ जनमतसंग्रहको तयारीको बीचमा, पुटिनले गत महिना यी क्षेत्रको पूर्ण नियन्त्रण लिन चाहेको बताएका थिए । –न्युयोर्क टाइम्स

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal