आज :

ताइवानलाई घेराउ गरेको चीनको फेरि ठूलो सैन्य अभ्यास, ताइवानले प्रतिक्रिया जनाए युद्धको घोषणा

  • अनलाइन डबली

काठमाडौँ । ताइवानलाई चारैतिरबाट घेराउ गरेको चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यास जारी राख्ने जनाएको छ । पहिलो चरणको सैन्य अभ्यास सकेको चीनले यो पटक अहिलेसम्मकै उच्च स्तरको सैन्य अभ्यास गर्ने चिनियाँ संचारमध्यमहरुले जनाएका छन् । चीनले यसअघि आइतवार वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो । चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्ने बीबीसीले जनाएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले चारदिने सैन्य अभ्यास सकेलगत्तै अर्को अभ्यासको तयारी गरेको हो । सो क्रममा चीनले ताइवानलाई सात स्थानबाट घेराउ गरेर सैन्य अभ्यास गरेको थियो ।

उता ताइवानले चीनले आफ्नो टापुमा अतिक्रमण गर्ने तयारीका रूपमा गरेको आरोप लगाएको छ । सोमवार ताइवानले अभ्यासमा हालसम्म चिनियाँ विमान र पानीजहाजहरू ताइवानी जलक्षेत्रमा प्रवेश नगरेको जनाएको छ । तर, अमेरिकासहित अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको क्रममा ताइवानको क्षेत्रमा प्रवेश गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

चिनियाँ जल अधिकारीहरूले अन्य क्षेत्रमा समेत सैन्य अभ्यास हुने बताएसँगै ताइवान वरपरका नयाँ गतिविधिबारे विवरण आएको हो । चीन र कोरियाली प्रायद्वीप बीचमा पर्ने यल्लो सीमा नयाँ सैन्य अभ्यास दैनिक रूपमा अगस्टको मध्यसम्म हुनेछ । पाँच त्यस्ता अभ्यासमा वास्तविक गोलीगठ्ठाहरू प्रयोग हुनेछन् ।

चीनको पूर्वी तटतर्फको बोहाई सागरमा आइतवारबाट एक महिना लामो कारबाही सुरु भएको अन्तर्राष्गिट्रय संचारमाध्यमहरुले जनाएका छन् । यल्लो सीको उत्तरी भागमा एक महिना लामो अर्को सैन्य अभ्यास शनिवार सुरु भएको छ ।

ताइवान स्ट्रेट ताइवान टापु र मुख्यभूमि चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र हो । यस अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरूले बारम्बार स्ट्रेटको विद्यमान मध्यवर्ती रेखा पार गरेको आरोप ताइवानले लगाएको छ ।

सोमबार ताइवानको रक्षा मन्त्रालयले विद्यमान मध्यवर्ती रेखा सन् १९५० को दशकयता व्यवहारिक रूपमा अस्तित्वमा रहेको र त्यो तथ्य भएको जनाएको छ ।अमेरिकाले पेलोसीलाई ताइवान भ्रमणमा पठाएर आफूलाई चुनौती दिएको भन्दै विरोधस्वरुपम सम्बन्धलाई स्थगित गरेको छ ।

अमेरिकाले ताइवानलाई चीन विरुद्ध उचालेर विश्वभर उसलाई बदनाम गराउने प्रयास गरेको छ । तर, अमेरिका आफै एक्लिएको छ । करिब १ सय भन्दा बढी देशहरुले एक चीन नीतिको पक्षमा उभिएका छन् । अमेरिकाको पक्षमा जापान र अस्ट्रेलिया मात्रै खुलेका छन् ।

यो दोस्रो चरणको सैन्य अभ्यासको क्रममा ताइवानले कुनै प्रतिक्रिया जनाए चीनले युद्ध घोषणा गर्न सक्ने बताइएको छ । चिनियाँ जनमुक्ति सेनालाई युद्धको घोषणा हुन सक्ने भन्दै सैन्य अभ्यासमा पठाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal