आज :

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

  • अनलाइन डबली

काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो ।

इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ ।

इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठूलो हिंसा भनेका छन् ।

गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal