काठमाडौँ । जनवादी गणतन्त्र कोरियाका एकलाख सेना युक्रेन पुगेका छन् । न्यूज डटकम डट एयुले रुसी सेनालाई युद्धमा सघाउन उत्तर कोरियाले एक लाख सेना युक्रेन पठाएको बताएको छ ।
उत्तर कोरियाका सेनाको टोली युक्रेनको पूर्वी डोनबास क्षेत्रमा पुगिसकेको समाचारमा उल्लेख छ । उक्त समाचारलाई पुष्टि गर्दैै डेली एनकेले उत्तर कोरियाली सेना युक्रेन पुगेको बताएको छ । उसले पूर्वी क्षेत्रमा श्रम गर्न उत्तर कोरियाले सेना पठाएको बताएको छ । युद्धबाट ध्वस्त भएको पूर्वी युक्रेनको पुर्ननिर्माणको लागि उत्तर कोरियाली सेना त्यहाँ पुगेको बताइएको छ ।
युक्रेनमा अमेरिकासहितका पश्चिमा देशहरुले सैन्य अस्त्रसँगै जनशक्ति पनि पठाउँदै आएका छन् । अन्याधुनिक मिसाइल सहित युक्रेन पुगेका विदेशी सेनालाई रुसले कब्जामा लिइरहेको छ ।
केही पहिले युद्धक्षेत्रबाट नियन्त्रणमा लिएका अमेरिका, बेलायतका सेनालाई जनवादी गणतन्त्र डोनेट्स्कले फासीको सजाय दिएको थियो । केही दिनअघि मात्रै रुसले खेरसनमा अमेरिकाले दिएका हाईमार्स मिसाइल सिस्टम ध्वस्त बनाएको थियो । त्यो क्रममा अमेरिका, बेलायतसहित पश्चिमा देशका ५३ जना सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको थियो ।
युक्रेनमा रुस एक्लै पश्चिमा देशहरुसँग लडिरहेको बेला पहिलो पटक उत्तर कोरियाको सेना त्यहाँ पुगेको हो । रुसको पक्षमा पहिलो पटक उत्तर कोरियाले सेना पठाएको हो । केही अघि सम्पन्न उत्तर कोरियाले बार्षिकी मनाएको थियो ।
सो क्रममा उसले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्नुको साथै आणविक युद्धको चेतावनी समेत दिएको थियो । सर्वोच्च नेता किमजोङ उनले कोरियाली द्वीपमा युद्धको अवस्था सिर्जना भएको बताउँदै आफ्नो देश र जनताको रक्षाको लागि आणविक युद्ध गर्न तयार रहेको बताएका थिए । उनले सिधै अमेरिकालाई चेतावनी दिँदै सो कुरा बताएका थिए ।
उत्तर कोरियाले युक्रेनमा सेना पठाएसँगै अब झन् भिषण युद्ध हुन अनुमान गरिएको छ । रुसी सेनाले पूर्वी क्षेत्रबाट खाली गर्दै लगेको थियो । तर, पछिल्ला दिनहरुमा अमेरिकाले लामो दूरीका मिसाइल र ड्रोन पठाएर रुसी सेनामाथि हमला गरिरहेको छ ।
यही बेला उत्तर कोरियाको सेना त्यहाँ पुगेको छ । उत्तर कोरियाली सेना निरन्तर युद्ध अभ्यासमै रहेको छ । अब यसले युक्रेनमा आफ्नो सीप रुसी सेनालाई साट्न सक्ने बताइएको छ ।
उत्तर कोरियाको लागि रुसी राजदूतले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न उत्तर कोरियाली कामदारहरू सो क्षेत्रमा जान सक्ने बताएको डेली एनकेले समाचारमा उल्लेख गरेको छ ।
डोनबास जाने उत्तर कोरियाली कामदार छनोट भइसकेको बताइएको छ । स्रोतलाई उदृत गर्दै केही संचारमाध्यमहरुले कामदारको रुपमा उत्तर कोरियाले सेना पठाएको बताएका छन् ।
न्यूज डटकम डट एयुले उत्तर कोरियाले एकलाख सेना युक्रेन पठाएको दाबी गरेपनि त्यसलाई डेली एकेले उत्तर कोरियाली अधिकारीहरूलाई उदृत गर्दै एक हजार कामदार डोनबास क्षेत्र पठाउने योजना रहेको बताएको छ ।
रुसले उत्तर कोरियाली कम्पनीलाई युक्रेनमा कामदार ल्याउने भनेपछि ओभरसिज कन्स्ट्रक्सन लिडरसिप ब्यूरो, रुङ्ना गाइडेन्स ब्यूरो, मत्स्य मन्त्रालय र रेल मन्त्रालयले प्रतिक्षा सूचीमा रहेका केही कामदारहरूलाई युक्रेन युद्ध क्षेत्रमा खटाएको डेली एकेले समाचारमा उल्लेख गरेको छ ।
उसले उत्तर कोरियाली अधिकारीहरूले स्पष्ट रूपमा रुसमा रहेका कामदारहरूलाई डोनबास क्षेत्रमा पठाउने र त्यसपछि रुसी सरकारले अनुरोध गरेमा उत्तर कोरियामा थप कामदारहरू पठाउने योजना बनाएको समाचारमा उल्लेख छ ।
उत्तर कोरियाको सैन्य शक्तिसामु अमेरिका डराउछ । उत्तर कोरियाले युक्रेन सेना पठाएको समाचार सार्वजनिक भएसँगै पश्चिमा देशहरुमा खलबली मम्चिएको बताइएको छ । उनीहरुले उत्तर कोरियाली सेनाले रुसलाई साथ दिएमा युक्रेन कब्जा गर्न सक्ने भन्दै नयाँ रणनीति तय गर्नुपर्नेमा पश्चिमा देशहरुले छलफल चलाएको बताइएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनबीच फोन र सुत्रबाट पटक पटक भएको वार्तापछि उत्तर कोरियाले कामदारको रुपमा सेना युक्रेन पठाएको बताइएको छ । अब पुटिन र उन मिलेर पश्चमा देशहरुसँग लड्ने बताएका छन् ।