आज :

चीनले कुनैपनि बेला ताइवानमाथि हमला गर्न सक्ने ! १६० देश चीनको पक्षमा, एक्लिँदै अमेरिका

  • अनलाइन डबली

काठमाडौँ । ताइवान प्रकरणमा विश्वबाट अमेरिका एक्लिँदै गएको छ । चीनको चेतावनीलाई चुनौती दिँदै सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमण गराएसँगै अमेरिका विश्वबाट एक्लिदै गएको हो । पेलोसीको भ्रमणलाई चीनले युद्धस्तरको घटना भन्दै अमेरिकासँगको सम्बन्धलाई स्थगित गरेको छ ।

चीनले पेलोसी फर्केलगत्तै ताइवानलाई चारैतिरबाट घेराउ गरेर सैन्य अभ्यास गरेको थियो । चीनले आफ्नो सैन्य शक्ति देखाएको छ । अभ्यासको क्रममा चीनले उक्त अभ्यासमा पराम्परागत र आधुनिक हतियार पनि प्रदर्शन गरेको छ । चीनले ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गरेको थियो । जलक्षेत्रमा युद्धपोत उतारेको थियो ।

चीनले अमेरिकासँगका केही सम्बन्धलाई स्थगित गरेको छ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गरेको जनाएको छ । त्यस्तै, चीनले पेलोसी र उनका परिवारमाथि पनि प्रतिबन्ध लगाएको छ ।

ताइवानमा अमेरिकाले नयाँ विवाद सिर्जना गरेपछि विश्व दुई पक्षमा उभिन थालेका छन् । विश्वका १६० देश चीनको पक्षमा खुलेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । उनीहरुले एक चीन नीतिको पक्षमा रहेको विभिन्न देशहरुले आफ्नो आधिकारिक भनाई चीन पठाइरहेका छन् । नेपाल पनि एक नीतिकै पक्षमा रहेको छ । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमण जाने तयारी भइरहेको छ ।

अमेरिकाको पक्षमा जापान र अस्ट्रेलियमा मात्रै अहिलेसम्म खुलेका छन् । अमेरिकाको दवदवा रहेको युरोपियन युनियनले पनि एक चीन नीतिको पक्षमा आफू रहेको बताइसकेको चीनको ग्लोबल टाइम्सले बताएको छ ।

चीनले अहिलेसम्मकै ठूलो युद्धअभ्यास गरेको छ । अभ्यासको क्रममा चीनले अभ्यासको क्रममा मेडिकल अभ्यास पनि गरेको छ । युद्धमा घाइते सैनिकको कसरी उपचार गर्ने भनेर अभ्यास गरिएको छ । चिनियाँ संचारमाध्यमहरुले सार्वजनिक गरिएको भिडियोमा स्वास्थ्यकर्मीहरुले युद्धमैदानबाट घाइतेलाई ल्याएर उपचार गरिरहेका छन् ।

स्वास्थ्यकर्मीहरुले तीन चरणको उपचार गरेको देखिन्छ । स्वास्थ्यकर्मीहरुले प्राथमिक, अप्रेशन गरेर गोली निकाल्ने र गम्भीर घाइतेलाई प्राथमिक उपचार गरेर रिफर गरेको देखिन्छ । चीनको शक्ति प्रदर्शनलाई पूर्वी एसियाबाट विश्वयुद्धको संकेत गरेको अन्तर्राष्ट्रिय मामिलाका जानकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal