आज :

माउन्टेन बी नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।

स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्।

आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो। १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसैबीच प्रधानमन्त्री प्रयुथ चान-ओचाले व्यवसाय सञ्चालकलाई सुरक्षाका उपायहरू सुनिश्चित गर्न आग्रह गरेका छन्।

कोरोना भाइरस हल्का भएसँगै थाइल्याण्डमा पर्यटकको संख्या बढेको छ। विशेष गरी ठूलो संख्यामा पर्यटकहरू आउने यस्ता क्षेत्रमा सुरक्षाका सबै उपाय अपनाउन सरकारले आग्रह गरेको छ।

यसअघि सन् २००९ जनवरी १ मा बैंककको सान्टिका नाइट क्लबमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal