आज :

अन्तिम युद्धको तयारीमा पुटिन ! रिजर्ब फोर्स पहिलो पटक युक्रेन पठाए, लुकाशेन्कोले दिए किभमा हमला गर्ने धम्की

  • अनलाइन डबली

काठमाडौँ । पश्चिमा देशहरुले दिएका हतियारको भरमा युद्ध लडिरहेको युक्रेनसँग वारपारको युद्धको अन्तिम तयारीमा रुस जुटेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक रिजर्ब फोर्स परिचालन गरेका छन् । रुससँग २० लाख रिजर्ब फोर्स छ । यो तालिम र प्रविधिले लैस गरिएको बताइएको छ । रुसको यो सेना अन्तिम अवस्थामा मात्रै युद्धमा जाने गरेको छ ।

रुसको रिजर्ब फोर्सको एक टोली युक्रेन समीमा पुगेको छ । उक्त टोली नयाँ संस्करणका मिसाइलसहित त्यहाँ पुगेको हो । रुसले रिजर्ब फोर्स परिचान गरेसँगै अब झन् युद्ध भिषण हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यसैगरी चेचेन सेनाले पनि युक्रेनलाई नयाँ धम्की दिएको छ । उसले राजधानी किभ कब्जा गर्ने समेत धम्की दिएको छ । चेचेन कमाण्डर रमजान कादरफले थप सेना युक्रेन पठाएका छन् ।

यसअघि पहिलो पटक बेलारुसका राष्ट्रपतिले युक्रेनमा हमला गर्न सक्ने चेतावनी दिएका थिए । राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले युक्रेनको राजधानी मिसाइस हमलाबाट खरानी बनाइदिने चेतावनी दिएका छन् ।

राष्ट्रपति लुकाशेन्कोले युक्रेनले बेलारुसविरुद्ध तीनवटा मिलाइल प्रहार गर्न खोजेको बताएका थिए । तर, तीनै मिसाइल आफ्नो एन्टी एयर सिस्टमले फेल गरिदिएको अलेक्जेण्डर लुकाशेन्कोले बताएका थिए ।

“हामी युक्रेनसँग लड्न चाहदैननौं तर युक्रेनले हाम्रो देश र जनताविरुद्ध मिसाइल हमलाको प्रयास गरेको थियो । हाम्रो एन्टी एयर सिस्टमले सबै मिसाइल विफल पारिदिएको छ । हामी स्पष्टसँग भन्छौं, हाम्रो धर्तीमा हमला गरेपछि भने तयार छौ, युक्रेनले हामीसँग निहु खोजे जवाफ फर्काउनेछौं” राष्ट्रपति लुकाशेन्कोले बताए

बेलारुसको सीमाबाट युक्रेनको राजधानी किभ मात्रै ६० किलोमिटर टाढा छ । रुसको सीमा क्षेत्रमा रहेको सैन्य अखडाबाट किभ २०६३ किलोमिटर टाढा छ । यदि बेलारुसको सेना युद्धमा आउने अवस्था आयो भने युक्रेनको राजधानी किभ चाँडै कब्जा गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनको गुप्तचर विभागले पनि बेलारुसले युक्रेनमा हमला गर्न सक्ने बताएको छ । उसले रुसी सेनाले बेलारुसको जमिनबाट महला गर्ने तयारी गरेको समेत दाबी गरेको छ । बेलारुसमा रुसका १९ बटालियन तैनाथ रहेको बताइएको छ ।

नेटोले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएसँगै बेलारुसले रुसबाट आणविक मिसाइल र एयर डिफेन्स सिस्टम तैनाथ गरेको छ । नेटोले बेलारुसलाई आणविक चुनौती दिएपछि रुसका राष्ट्रपतिसँग भेटेर बेलारुसका राष्ट्रपति लुकाशेन्कोले आणविक रक्षा प्रणाली आफूलाई आवश्यक रहेको बताएका थिए । पुटिनले पनि बेलारुसा आणविक रक्षा प्रणाली तैनाथ गर्न तयार भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal