आज :

ताइवनमा अमेरिकी शक्तिशाली युद्धपोत र चीनियाँ युद्धविमानहरु आमुन्नेसामुन्ने, जापानी रक्षा फौजले गर्यो यस्तो पुष्टि

  • अनलाइन डबली

काठमाडौँ । ताइवाननजिकै अमेरिकी अमेरिकी युद्धपोत र चीनियाँ युद्धविमानहरु आमुन्नेसामुन्नेको अवस्था आएको छ ।

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणअघि अमेरिकी सेनाले उनको सुरक्षाको बलियो तयारी गरेको पाइएको छ ।

अमेरिकी नौ सेनाले चार अमेरिकी युद्धपोतहरु ताइवान पूर्वको समुन्द्रमा तैनाथ गरेको र तीमध्ये एक युद्ध विमानहरु बोक्ने क्षमताको भएको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

अमेरिकाको नौसेनाले भने यी युद्धपोतको अवस्थितिलाई नियमित तैनाथी भनेको छ । तर एकै पटक चार युद्धपोतहरुको एउटै क्षेत्रमा तैनाथी हुनुलाई सामान्य मान्न सकिदैन ।

युएसएस रोनाल्ड रेगन नामक युद्धपोत साउथ चाइना सी हुदै ताइवान पूर्वको फिलिपिन्स सागरमा लगिएको अमेरिकी नौसेनाका एक अधिकारीले मंगलबार रोयर्टसलाई बताए ।

युएसएस रोनाल्ड रेगन निर्देशित मिसाइल क्रुजर युएसएस एन्टेईटम र डिट्रोयटर युएसएस हिगिन्ससँग परिचालित हुन्छ । अर्का नौसेना अधिकारीले युद्धपोतको सटिक अवस्थिति नबताए पनि युएसएस ट्रिपोली पनि सोही क्षेत्रमा रहेको बताए ।

पेलोसीको भ्रमणविरुद्ध चीनले नियमित रुपमा चर्को विरोध गरेको सन्दर्भमा अमेरिकाले चीनलाई कुनै आक्रमक कारबाही गरे आफू तयार रहेको सन्देश दिन जहाज पठाएको हुनसक्ने विश्लेषण गरिँदैछ ।

उता पेलोसी ताइवान भ्रमणमा जाने चर्चा चलेसँगै चीनले पनि उसका युद्धविमानहरुलाई नियमित रुपमा ताइवान नजिक उडाउन थालेको थियो ।

मंगलबार नै तीन चिनियाँ युद्धपोतहरु पनि ताइवान पूर्वको समुन्द्रमा युद्ध अभ्यासमा तैनाथ भएको स्रोतले बताएको थियो । जापानी रक्षा फौजका अनुसार चिनियाँ जहाजहरू जापानका दक्षिण टापु हुँदै अघि बढ्दा पहिचान भएको बताएका छन् ।

केही क्षेत्रीय सैन्य विश्लेषकहरुले तनावको समयमा दुई प्रतिद्वन्द्वी पक्षको युद्धपोत एउटै समुद्री क्षेत्रमा तैनाथ हुँदा वास्तविक द्वन्द नचाहेको अवस्थामा पनि दुर्घटनाको जोखिम हुने बताएका छन् ।

मंगलबार साँझ ताईवानको राजधानी ताईपेई उत्रिएकी पेलोसी सन् १९९७ पछि ताईवान उत्रिने सबैभन्दा उच्च पदास्थ अमेरिकी अधिकारी हुन् ।अमेरिकी सरकारी वरियतामा पेलोसी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसपछि तेस्रो स्थानमा छिन् ।

यसअघि सन् १९९७ मा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्चरिच ताइवान गएका थिए । त्यस समय चीन विश्वमा अहिलेजस्तो प्रभावशाली मुलुक मानिँदैनथ्यो ।

चीनको अर्थतन्त्र (कुल ग्राहस्थ उत्पादन) पछिल्लो २५ वर्षको अवधिमा २० गुणाले बढिसकेको छ । उसको सैन्य तागत पनि निक्कै बढिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal