आज :

काठमाडौंमा घट्यो डरलाग्दो घटना, आमाबुवा र छोराछोरीसहित ४ जनाकाे घरभित्रै विभत्स ह त्या….

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ। गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिकाकाे शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्। तारकेश्वर- २ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए।

स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए। घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अनुसार घटनास्थल विभत्स रहेको उनले सुनाए ।

‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको ह त्या गरेर गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal