आज :

शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । शिवसेना नेता सञ्जय राउतलाई प्रवर्तन निर्देशनालय (ईडी) ले हिरासतमा लिएको छ। सञ्जय राउतका भाइ सुनील राउतले अधिकारीहरूले सञ्जयलाई दक्षिण मुम्बईको ईडीको कार्यालयमा लगेको जानकारी दिएका छन् ।

ईडीका अधिकारीहरू बिहान सञ्जय राउतको घर पुगेका थिए। अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार ईडीले उनलाई सोधपुछका लागि दुईवटा सूचना पठाएको थियो तर उनी हाजिर भएनन् ।

यसअघि, समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सञ्जय राउतमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको जनाएको थियो । यता एएनआईले ईडीले पत्रा चावल जग्गा घोटाला मामिलामा राउतमाथि कारबाही गरेको बताएको छ।

सञ्जय राउतको घरमा छापा मारेको खबर आएलगत्तै उनको घरबाहिर समर्थकहरुको भीड लागेको थियो । उनीहरुले नाराबाजी गर्दै ईडीको कारबाहीको विरोध गरेका थिए ।

यसैबीच भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् ।

घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइयो । भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal