आज :

अफगानिस्तानमा सत्तापलट गरेको तालिबानलाई अमेरिकाले बल्ल दियो यस्तो कडा चेतावनी

  • अनलाइन डबली

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने चेतावनी दिएकाे छ ।

अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो चेवनी दिएका हुन् । उनले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग अमेरिकाले वार्तालाई अगाडि बढाएकाे पनि बताएका छन् ।

‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं । हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ । हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’, एक ट्वीटमा उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरे । १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।

यसैबीच अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भि डन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ ।

उक्त झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ । १ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ ।

पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन । निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । ’इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal