आज :

चिनियाँ सेना अत्याधुनिक हतियार र ट्यांकसहित रुस पुग्यो, के युक्रेनमा हमला गर्छ ?

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको एक टुकुडी रुस पुगेको छ । चिनियाँ सेनाको स्पेश फोर्स अत्याधुनिक हतियार र ट्यांकसहित रुस पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । बुलेट रेल चढेर चिनियाँ उत्तर चीनको मझौली हुँदै मंगोलियाका सीमाबाट रुस पुगेको बताइएको छ ।

चिनियाँ सेनाका बख्तरबन्द गाडी र ट्यांक पनि रेलमै लगिएको बताइएको छ । रुसको जवाइकलस्क क्षेत्रको सडकमा चिनियाँ सेनाका ट्यांकहरु गुडिरहेको भिडियो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलेब बताएका छन् । चिनियाँ सेना रुस पुगेसँगै विभिन्न प्रश्नहरु जन्मिएका छन् । के युक्रेनमा रुसलाई साथ दिन्छ ? के रुस र चीनबीच पश्चिमाहरुको चुनौतीको सामना मिलेर गर्छन् ? यी र यस्तै प्रश्नहरु छन् ।

तर, चिनियाँ सेना युद्धअभ्यासको लागि रुस पुगेको हो । यही अगष्ट १३ देखि २७ सम्म रुसमा हुने युद्धअभ्यासको लागि लागि चिनियाँ सेना बख्तरबन्द गाडी र ट्यांकसहित रुस पुगेको हो । रुसमा चीनसहित ३७ देशका सेना पुग्दैछन् । उनीहरु सबै युद्धअभ्यासमा सहभागी हुनेछन् । सन् २०१५ बाट रुसमा यो स्तरको युद्धअभ्यास हुँदै आएको छ । यसको नेतृत्व रुसी सेनाले गर्नेछ ।

अमेरिकाले दक्षिण कोरिया, ताइवान र नेटोले युद्धअभ्यास भरखर सकेको बेला पश्चिमा विरोधी देशहरुले पनि युद्धअभ्यास गर्ने भएका छन् । युद्धअभ्यास आफ्नो विरोधीलाई शक्ति देखाउन गर्ने होडबाजी चलेको छ ।

यसैबीच युक्रेनी सेनाले आफ्नै नागरिकविरुद्ध मिसाइल प्रहार गर्न थालेको छ । अमेरिकाले दिएको हिर्मास मिसाइलबाट युक्रेनले जनवादी डोनेट्स्कमा हमला गरेको छ । उक्त हमलाबाट त्यहाँ रहेको युद्धबन्दी राखिएको जेलघर ध्वस्त भएको छ । मिसाइल प्रहारबाट कम्तिमा पनि ५० जना युद्धबन्दीको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

रुसले उक्त कुराको सार्वजनिक गर्दै रेडक्रस, राष्ट्रसंघलाई अनुसन्धान गर्न आग्रह गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त क्षेत्रमा लडाइँ भिषण हुन सक्ने भन्दै सबैलाई ठाउँ खाली गर्न आदेश दिएका छन् ।

रुसले अनुसन्धान गर्न रुसले राष्ट्रसङ्घ र रेडक्रसका अधिकारीहरूलाई निम्तो दिएपछि घटनाबारे जेलेन्स्की बोलेका छन् । रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिहरुलाई उक्त क्षेत्रमा पहुँचमा पुग्न नदिन जेलेन्स्कीले उक्त क्षेत्रमा भिषण लडाइँ हुने बताएको रुसले बताएको छ । शनिवार नै रुसी रक्षा मन्त्रालयका अधिकारीहरूले मस्कोले उक्त घटनाको वस्तुगत अनुसन्धानलाई स्वागत गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal