
काठमाडौँ । नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परीक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
यसैबीच अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत भाइरस जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना हो।
गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। तर त्यसको सङ्क्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ।