आज :

ताइवानबारे चीन र अमेरिकी राष्ट्रपतिबीच वार्ताः सी ले दिए खरानी बनाइदिने चेतावनी

  • अनलाइन डबली

कामठाडौँ । चीन र अमेरिकी राष्ट्रपतिहरूबीच वार्ता भएको छ । विवाद बढ्दै गएको ताइवानको विषयमा दुबै देशका राष्ट्रपतिबीच दुई घण्टासम्म फोन वार्ता भएको बीबीसीले जनाएको छ । लामो संवादको क्रममा चिनियाँ राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाउँदै आगोसँग खेल्ने मान्छे जलेर खरानी हुने चेतावनी दिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

जवाफमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि ताइवानबारे आफ्नो नीतिमा कुनै परिवर्तन भएको बताउँदै उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएको एि ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्ला र ताइवानले गरेको सैन्य अभ्यासका कारण चीन र अमेकिाबीच थप विवाद बढेको छ । तर, अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ । उता चीनले भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिँदै आएको छ । त्यसको संकेत सीले वार्ताको क्रममा गरेको बताइएको छ ।

चीनको कडा चेतावनीपछि ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा अनावश्यक र असहयोगी भएको उल्लेख गरेको छ। तर, राष्ट्रपति बाइडनले भने भ्रमण नगर्न सेनाबाट सुझाव आइरहेको बताएका थिए ।

बाइडनले एसिया भ्रमणको क्रममा ताइवानबारे विवादित अभिव्यक्ति दिएसँगै चीन आक्रोसित भइरहरेको बेला अमेरिकी उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान भ्रमण जाने चर्चा अमेरिकी अधिकारीहरुले नै चलाएको बताइएको छ । यदि पलोसी ताइवान भ्रमणमा गए सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन्।

बिहीवारको टेलिफोन संवाद प्रत्यक्ष र इमानदार भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको बीबीसीले जनाएको छ ।

बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छैन।

चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ र यो देशकै एक भूभाग बन्नुपर्ने ठान्दै आएको छ। यसका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई पनि चीनले अस्वीकार गरेको छैन। तर वासिङ्टनले ताइपेईको कूटनीतिलाई एक चीन नीति अन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियार विक्री गर्दै आएको छ।

ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो। बाइडन प्रशासनले यसअघिका राष्ट्रपति ट्रम्पको कार्यकालमा चिनियाँ सामानको आयातमा लगाइएको कर अन्त्य गर्ने विषयमा छलफल गरिरहेको छ। यस्तो कदमले अमेरिकामा बढ्दो महँगीलाई राहत मिल्ने बाइडन प्रशासनको दाबी छ।

बाइडन र सी दुवैले खुला द्वन्द्वबाट अलग रहन चाहेको बीबीसीकी अमेरिकी परराष्ट्र मन्त्रालय संवाददाताले उल्लेख गरेकी छिन्। तर दुवैले एक अर्काको प्रतिस्पर्धी ठान्ने कथनबाट अलग गर्न प्रयास गरेका छैनन्। बिहीवारको टेलिफोन संवादले पनि दुई नेताबीचको विरोधाभास देखाएको छ।

भेटबारे एकदमै छोटो वक्तव्यमा ह्वाइट हाउसले वार्तालाई ुजिम्मेवार रूपमा मतभिन्नताहरू व्यवस्थापन गर्नेु र चासो मिल्नेु ठाउँमा सहकार्य गर्ने प्रयासको एक अङ्ग भएको उल्लेख गरेको छ । बेइजिङले जारी गरेको अलि लामो वक्तव्यमा दुई नेताका धेरै चासोहरू मिलेको जनाएको छ। चीनले अमेरिकाले खराब सम्बन्ध बनाएको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal