आज :

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा ६ मिनेटमै पोखरा फर्काइयो, के छ अवस्था ?

  • अनलाइन डबली

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।

‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।

यसैबीच निजी क्षेत्रको वायुसेवा कम्पनि यति एयरलाइन्सले आन्तरिक उडानका यात्रुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा दिलाउने भएको छ। आन्तरिक उडानमा पहिलोपटक यति एयरलाइन्सले यो सेवा दिन थालेको हो।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यात्रुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न यो सेवा प्रदान गर्न थालिएको हो। ‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ,’ बर्ताैलाले भने।

उनका अनुसार इन्फ्लाइट मनोरञ्जनका लागि जहाज भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ। ‘यति एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ,’ उनले भने।

बर्ताैलाका अनुसार जहाजभित्र भिन्दै डिभाईस राखिन्छ, त्यो डिभाइससँग मोबाइल वा ल्यापटपको कनेक्सन गर्न सकिनेछ। त्यसपछि सेवा लिन सहज हुने उनले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal