आज :

रुसले ग्यास सप्लाईमा बन्द गरेपछि पूरै युरोप अन्धकार ! उद्योगहरु बन्द र आर्थिक संकट

  • अनलाइन डबली

काठमाडौँ । रुसले युरोपमा ग्यासमा निर्यातमा कटौती गरेको छ । रुसी ग्यास कम्पनी गजप्रोमका अनुसार बाल्टिक सागरस्थित नार्ड स्ट्रीम–१ पाइपलाइनबाट हुँदै आएको ग्यास कटौती गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी ग्यास कटौतीले युरोपमा अन्धकारसँगै आर्थिक चौपट हुने भएको छ । रुसले पूरै युरोपमा ६० प्रतिशत ग्यास निर्यात गर्दै आएको थियो । पाइपलाइनबाट हुने निर्यात पनि रोकेसँगै त्यसको प्रत्यक्ष असर युरोपमा देखिन थालेको छ ।

जर्मनले २० प्रतिशत र इटली ४० प्रतिशत रुसी ग्यासमा निर्भर छन् । सबैभन्दा कम आयत बेलायत गर्छ, उसले ४ प्रतिशत मात्रै आयत गर्ने भएपनि त्यसको असर पनि देखिएको छ । बेलायती सरकारले करवृद्धिसँगै महंगी बढेपछि प्रधानमन्त्री बोरिस जोनसनको कुर्सी नै हल्लिएको छ ।

रुसले ग्यास कटौतीको असर इटली, अस्ट्रिय, चेक रिपब्लिक, स्लोभाकिया पनि परेको छ । यहाँको अवस्था पनि जजर बन्दै गएको छ । यसअघि रुसले पोल्याण्ड, बुल्गारियो, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्डमा हुँदै आएको ग्यास निर्यात बन्द गरिसकेको छ ।

रुसले ग्यास कटौती गरेसँगै जर्मनीमा स्टिल कम्पनीहरु बन्द हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । भारतीय विदेश मामिलाका जानकार तथा पूर्वराजदूत दीपक बोहराले रुसले ग्यास सुचारु नगरे पूरोपका आर्थिक अवस्था नै चौपट हुने बताउँछन् । उनले युक्रेनका एकजनाको लागि करोडौं यूरोपका नागरिकको जीवन अन्धकारतिर धकेलिन पुगेको बताए । उनले भोलोदिमिर जेलेन्स्कीको लागि यूरोपका नेताहरुले आफ्ना नागरिकको भविश्यलाई बेवास्ता गरेको समेत बताए ।

रुसले ग्यास कटौती गरेसँगै यूरोपका देशहरुले विजुली बचतको आदेश दिएका छन् । फ्रान्स, स्वीजरल्याण्ड, इटली, जर्मनीले पनि विजुली बचत गर्न नागरिकलाई आदेश दिएका छन् । चाँडो मौसममा समेत रुसी ग्यासकै भर पर्ने युरोपमा नागरिक कठ्यांग्रीएरै मर्ने अनुमान गरिएको छ । यति भारी मात्रामा रुसले सितयुद्धको बेला पनि ग्यास कटौती गरेको थिएन ।

चाँडोको लागि यूरोपमा ग्यास भण्डार गरिएको छैन । विना सूचना रुसले ग्यास कटौती गरेकोले भण्डारण गर्न नपाएको जर्मनले बताएको छ । यूरोपले रुसी ग्यासको विकल्पबारे छलफल गरेपनि अहिले आवश्यकताको पूर्ती हुने सम्भावना नरहेको बोहराले बताए । सुख्खा खडेरीका कारण मुहान सुक्दै गएर युराेपमा पानीकाे पनि हाहाकार मच्चिएकाे छ । पानी कम पिउन र पानीको बचत गर्न युराेपका धेरै देशले नागरिकलाई आदेश जारी गरेका छन् ।

यसैबीच रुसले अन्तराष्ट्रिय स्पेश स्टेशनबाट अमेरिकासँगको सहकार्य तोड्ने बताएको छ । सन् २०२४ बाट स्पेश स्टेशनबाट अलग हुने रुसको घोषणासँगै अमेरिकामा ठूलो हलचल ल्याएको छ । स्पेश स्टेशनको मुख्य इन्जिन रुसी प्राविधिको नियन्त्रणमा भएकोले उसले सहकार्य तोडेपछि अमेरिकाले नियन्त्रण गर्न नसक्ने बताइएको छ । रुसले सहकार्य तोडेमा ५ टनको स्टेशनको संरचना यूरोपमै खस्ने बताइएको छ । युराेप इतिहासकै ठूलो संकटमा पुगेको छ ।

युरोपकाे अहिले देखा परेकाे संकटले समाजवादी क्रान्तिको सुरुवात हुन सक्ने पनि बताइएको छ ।   पुँजीवाद क्रान्तिको नेतृत्व पनि युरोपले नै गरेकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal