आज :

सत्तारुढ दलका मुख्यमन्त्री बर्खास्त, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले मङ्गलबार राती चौधरी परवेज इलाहीलाई पञ्जाबको आधिकारिक मुख्यमन्त्री घोषणा गर्यो ।

पाकिस्तानको सबैभन्दा धेरै जनसंख्या भएको पञ्जाब राज्यमा जुलाई २२ मा भएको मुख्यमन्त्रीको चुनावमा इलाहीले १८६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी पीएमएल–एनका हम्जा शेहबाजको १७९ मत आएको थियो ।

तर पञ्जाब विधानसभामा उपसभामुख दोस्त मोहम्मद मजारीले पाकिस्तान मुस्लिम लिग–(क्याए–दे–आजम)का १० सांसदले पार्टीको निर्णयलाई उल्लघंन गरेर इलाहीको पक्षमा हालेको मतलाई अमान्य घोषित गरिदिएका थिए ।

उपसभामुख मजारीले पाकिस्तानको संविधानको धारा ६३ क (१) (ख) अनुसार पार्टी निर्णय उल्लघंन गर्ने सांसदको मत मान्य नहुने तर्क दिएका थिए । सर्वोच्च अदालतले भने पञ्जाब विधानसभाका उपसभामुख मजारीको जुलाई २२ को निर्णयलाई अमान्य घोषणा गरिदिएको छ ।

‘हामीले पञ्जाब विधानसभाका उपसभामुखद्वारा संविधानको धारा ६३ क (१) (ख) को प्रावधानहरू गलत र त्रुटिपूर्ण रुपमा प्रयोग गरेको पायौं, यसलाई निरन्तरता दिन सकिँदैन,’ निर्णयमा भनिएको छ ।

यो फैसला पाकिस्तानका प्रधानन्यायाधीशको नेतृत्वमा बसेको न्यायाधीश इजाजुल अहसान र न्यायाधीश मुनिब अख्तरसम्मिलित इजलासले सुनाएको हो ।

अदालतको निर्णयपछि बुधबार बिहान देशका राष्ट्रपति डा. आरिफ अल्वीले इस्लामावादमा इलाहीलाई सपथ ग्रहण गराए । पञ्जाबका गभर्नर बालीगुर रहमानले सपथ ग्रह गराउन अस्वीकार गरेपछि इलाही लाहोरबाट संघीय राजधानी पुगेका थिए ।

फैसलामा पञ्जाबका गभर्नर बालीगुर रहमानलाई मंगलबार राति ११ः३० बजेसम्म कानून र संविधान अनुसार परवेज इलाहीलाई पदको सपथ गराउनसमेत आदेश दिएको थियो । र गभर्नर त्यसो गर्न असक्षम रहे वा अनिइच्छुक रहे राष्ट्रपति अल्वीले सपथ गराउन भनिएको थियो ।

सर्वोच्च अदालतको निर्णयको केन्द्रमा गठबन्धन सरकार चलाएका दलहरुले विरोध गरेका छन् । यो निर्णयपछि पञ्जाबका मुख्यमन्त्री रहेका हेम्जा शाहवाजको पद गुमेको छ । हेम्जा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका छोरा हुन् ।

अदालतको निर्णयमा इमरान खान र उनको पार्टीले भने समर्थन गरेको छ । उनले पहिलेदेखि इलाहीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै आएका छन् ।–डनबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal