आज :

शक्तिशाली भूकम्पले फिलिपिन्सकाे संसद भवन भत्कियाे, कति सांसदहरू च्यापिए ?

  • अनलाइन डबली

काठमाडौँ । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार विहान ८ बजे अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पका कारण ३ सय किलोमिटर दक्षिणमा अवस्थित राजधानी मनिलासम्म क्षति पुगेको छ । ठाउँठाउँ सडक भत्किएर यातायात अवरुद्ध भने केही घर पनि भत्किएका छन् । मनिलास्थित संसद भवन समेत भत्किएको समाचार एजेन्सीहरुले विवरण सार्वजनिक गरेका छन् ।

संसद भवनबाट केही मानिसहरुको उद्धार गरिएको छ । तर, भूकम्प आएको बेला संसद बैठक चलिरहेको थियो वा थिएन भन्ने कुरा पुष्टि हुन सकेको छैन । केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार उ्द्दार गरिएका सांसदहरू नै भएकाे बताएका छन् ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले एक शपथ लिएको एक हप्ता पनि नबित्दै भूकम्प गएको छ । उनले भूकम्पबाट प्रभावित प्रान्तमा उद्धार टोली पठाउन निर्देशन दिएका छन्। राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको उनकी प्रवक्ताले बताएकी छन्।

उक्त क्षेत्रमा एउटा अस्पतालको केही भाग भत्किएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको विवरणहरू अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् । भूकम्पबाट भवनहरू क्षति पुगेको तस्बिरहरू सञ्चारमाध्यममा सार्वजनिक भएका छन्। सडकहरू पनि चर्किएका छन्।

एउटा अस्पतालको भवनमा आंशिक क्षति पुगेपछि त्यहाँबाट सबै जनालाई बाहिर निकालिएको छ। अहिलेसम्म मानिसहरू घाइते भएका विवरण अाएपनि कतिकाे ज्यान गएकाे भन्ने पुष्टी हुन सकेकाे छैन । भूकम्पकाे धक्का चीनमा समेत महशुस गरिएकाे थियाे ।

यसअघि फिलिपिन्सका विभिन्न भागमा आएको बाढीपहिरोका कारण १६७ जनाको मृत्यु थियो । स्थानीथ अधिकारीहरूले भूकम्पपछि साना परकम्पहरू आइरहेको बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal