आज :

स्पेश स्टेशनबाट अलग हुने रुसको घोषणाः अमेरिकामा ठूलो उथपपुथल, ५ सय टनको संरचना यूरोपमा खस्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसले इन्टरनेशनलं स्पेश स्टेशनबाट अलग हुने रुसले घोषणा गरेको छ । रुसी स्पेश एजेन्सीका प्रमुख यूरी बोरिसोवले सो घोषणा गरेका हुन् । राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि बोरिसोवले सन् २०२४ पहिले नै अमेरिकासँगको स्पेश सम्बन्ध तोड्ने बताएका छन् । उनले रुसले अलगै स्पेश स्टेशन निर्माण गर्ने समेत बताए ।

युक्रेनलाई अमेरिकाले सहयोग गरेसँगै रुससँगको सम्बन्ध युद्धको अवस्थामा पुगेको छ । तर, स्पेश स्टेशनमा भने दुबै देशको सहकार्य जारी रहेको छ । दुबै देशका अन्तरिक्ष यात्रीले सँगै यात्रा गरिरहेका छन् । केही दिन पहिले सार्वजनिक भएको फोटो र भिडियोमा रुस र अमेरिकाका अन्तरिक्ष यात्रीहरु सँगै स्पेशमा काम गरिरहेका थिए । उनीहरुले जमिनमा जे भएपनि स्पेशमा सहकार्य हुन सक्ने समेत बताएका थिए ।

रुसको यो निर्णयसँगै अमेरिकालाई हैरानी भएको छ । अमेरिकाका स्पेश एजेन्सी नासाले सन् २०३० पहिले नै रुसले सहकार्य तोडेमा गम्भीर अवस्था आउन सक्ने बताउँदै आएको थियो । नासाले अहिलेको स्पेश स्टेशन २०३० सम्म संयुक्त रुपमा संचालनमा ल्याउने पर्ने बताउँदै आएको छ । तर, रुसले त्यसलाई अस्वीकार गरेको छ । रुसी स्पेश एजेन्सीले २०३० सम्म सँगै जान नसकिने नासालाई बताइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यता तीब्र चीनले स्पेश स्टेशन निर्माण गरिरहेको छ । चीनले औपचारिक रुपमै स्पेश स्टेशनको निर्माण कार्य सम्पन्न भइसकेको बताएको छ । चीनले सन् २०३० भन्दा पहिले नै सो स्टेशन संचालनमा ल्याउन समेत बताएको छ ।

रुसले अमेरिकासँगको स्पेश सहकार्य तोड्ने घोषणा र चीनले तीब्र गतिमा निर्माण गरिरहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अब चीन र रुस स्पेश स्टेशनमा पनि सहकार्य गर्ने बताइएको छ । चीन र रुसले जमिनमात्रै होइन स्पेशमा समेत अमेरिकालाई एक्लो बनाउने लागेको विश्लेषकहरु बताउँछन् ।

अलगै स्पेश स्टेशन निर्माण गरी नसकेको अवस्थामा रुसले सहकार्य तोडेमा अमेरिकामा ठूलो उथपुथल हुने विश्लेषण हुन थालेको छ । अमेरिकाले चाहेर पनि रुसले सहकार्य तोड्नु भन्दा पहिले स्पेश स्टेशन निर्माण गर्न सक्दैन । त्यसैले पनि अमेरिकामा राजनीतिक, जनजीवन उथपपुथल हुने विश्लेषकहरुले बताएका छन् ।

रुसी अन्तरिक्ष एजेन्सीले यसअघि नै आफ्नो टीम नियन्त्रण कक्षबाट बाहिर निस्किन सक्ने बताइसकेका छन् । उनले त्यो अवस्था आए ५ सय टनको संरचना यूरोप वा अमेरिकामा खस्न सक्ने चेतावनी पनि दिएको थियो ।  रुसको अन्तरिक्ष एजेन्सीका प्रमुखले स्पेश स्टेशन सबै रूसी इन्जिन द्वारा नियन्त्रित रहेको बताएका थिए । दिमित्री रोगोजिनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई अनियन्त्रित रूपमा कक्षबाट बाहिर निस्कने र अमेरिका वा युरोपमा खस्नबाट कसले बचाउने ? भनेर प्रश्न समेत गरेका थिए ।

स्पेश स्टेशन कक्षमा चार अमेरिकी र दुई रुसी तथा एक युरोपी प्राविधिक बस्दै आएका छन् । स्टेशनको मुख्य इन्जिन रुसको नियन्त्रणमा छ । उसले त्यो छोड्ने वितिकै ५ सय टनको संरचना अनियन्त्रित हुने बताइएको छ। एक रिपोर्टअनुसार उक्त संरचना चीन र भारतमा पनि खस्न सक्ने दाबी गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal