आज :

युक्रेनमा रुसविरुद्ध लडिरहेहका दुई अमेरिकी ‘सेना’लाई फाँसी

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा रुसविरुद्ध लडिरहेका दुई अमेरिकीको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्र भएको लडाइँमा उनीहरुको मृत्यु भएको अमेरिकाको राज्य विभागले स्वीकार गरेको छ । डोनबास क्षेत्रमा फेरि रुसी सेनासँग झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

योसँगै अमेरिकाले सैन्य अस्त्रसहित पूर्व र केही बहालवाला सेना युक्रेन पठाएको रुसको आरोप पुष्टि भएको छ । यसअघि मारियोपोलमा पनि दुई बेलायती र एक मोरक्कोका सैनिकलाई युद्धमैदानबाट रुसी सेनाले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई फासीको सजाय दिने डोनेट्स्क गणराज्यको अदालतले फैसला गरेको थियो । तर, रुसकै कारण उनीहरुलाई फासी नदिएर युद्धबन्दी बनाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले युक्रेनको डोन्बास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्दै परिवारसित सम्पर्क राख्दै कन्सुलर सहयोग प्रदान गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले परिवारलाई समवेदन समेत दिँदै यसबारे थप जानकारी दिन असमर्थ रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई युक्रेन नजान सुझाव दिएपनि सैनिकलाई पनि योजनामै पठाइरहेको बताइएको छ । अमेरिकासँगै पश्चिमा देशहरुले सैन्य अस्त्रसहित आफ्ना देशका दक्ष सैन्य अधिकारीलाई पनि युक्रेन पठाइरहेको रुसी संचारमाध्यमहरुले आरोप लगाउँदै आएका छन् ।

अमेरिकाले आफ्ना दुई नागरिकको मृत्यु भएको स्वीकार गरेपनि कसरी भयो भन्नेबारे जानकारी गराउन नमिल्ने बताएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले यसअघि युद्धमैदानबाट रुसी सेनाले नियन्त्रणमा लिएका अमेरिकी सेनालाई फाँसी दिएको पनि हुन सक्ने बताएका छन् । युद्धग्रस्त क्षेत्रमा सामान्य नागरिक नजाने र अमेरिकाले नयाँ हतियारसँगै सेना पठाएको बताइएको छ ।

कतिपय संचारमाध्यमहरुले स्थानीय गणराज्यको सेनाले अमेरिकी सेनालाई फाँसी दिएको बताएका छन् । उनीहरुले दुई अमेरिकी सेनाको टाउको छिनालिएको समेत बताएका छन् ।

यसैबीच अमेरिकाले युक्रेनलाई थप नयाँ खेपको सहयोग गर्न घोषणा गरेको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार अमेरिकाले थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । जसमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।

त्यस्तै, यो प्याकेजमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम एचआईएमएआरएस पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal