आज :

आर्थिक अभावमा अछामकी अस्मिताकाे अप्रेशन रोकियो, सहयोगको लागि परिवारद्वारा अनुरोध

  • अनलाइन डबली

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका–९ तामकोटकी अस्मिता बोहराको आर्थिक अभागका कारण उपचारमा समस्या भएको छ । खुट्टा भाँचिएर १२ बर्षीय अस्मिता थला परेको दुई बर्षभन्दा धेरै भइसकेको छ । परिवारका अनुसार घरमै एकाएक अस्मिताको खुट्टामा समस्या देखिएपछि उपचारको लागि भारत लगिएको थियो । एक्स रे गर्दा खुट्टाको हड्डी भाँचिएको थाहाँ भएपछि भारतमै दुईपटक अप्रेशन गरिएको बुबा मिनबहादुर बोहराले बताए ।

आर्थिक समस्या भएपछि अस्मितालाई नेपालमै ल्याउन बाध्य भएको बुबा मिनबहादुरले बताए । अहिले बनेपास्थित अपांग अस्पताल तथा पुनःस्थापन केन्द्रमा भइरहेको छ । केन्द्रमा पनि दुईपटक अप्रेशन भइसकेको छ । केन्द्रले बच्चाहरुको हड्डी आफै भाँचिने दुर्लभ रोग भएको र उपचार प्रक्रिया लामो हुने बताएको छ ।

पाँच बर्षसम्म उपचार प्रक्रिया लाग्ने केन्द्रले बताएको अस्मिताका कान्छा बुबा उपेन्द्र बोहराले बताए । यही साउन ९ गते फेरि अर्को अप्रेशनको लागि बताएको तर आर्थिक अभावका कारण अस्पताल जान नसकेको उपेन्द्रले बताएका छन् । नियमित औषधि जाँच हुन नसक्दा अहिले घाउ पनि बल्झिाएको समेत उनले बताए ।

तीन बर्षसम्म उपचार गर्दा घरको सबै धनसम्पती सकिएको बताउँदै बुबा मिनबहादुरले सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् । “उपचारमा सबै सम्पती सकियो तर छोरीलाई राम्रोसँग सन्चो हुन सकेको छैन । अझै केही समय लाग्ने अस्पतालले बताएको छ । तर, आर्थिक अभावका कारण अप्रेशन नै रोकिएको छ । तपाईँहरुको सानो सहयोगले मेरो छोरीले नयाँ जीवन पाउन सक्छ, सक्दो सहयोग गरिदिनु अनुरोध गर्दछु” बुबा मिनबहादुर बोहराले भने ।

अस्मिता कक्षा चारमै पढ्दै गर्दा खुट्टा भाँचिएको र अहिले पढाईमा पनि रोकिएको बुबा मिनबहादुरले बताए । सहयाेग गर्न चाहनेहरूले अस्मिताका कान्छु बुबाकाे माेबाइल नम्बर ९८४०१३५५३१/९७४६९६३०७५ तथा हेमन्त सिंह बाेहराकाे नाममा सानिमा बैंकमा रहेकाे खाता नं. ०२८०११०६०००३५९४ मा पनि गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal