आज :

चीनले कसैसँग नभएको एच-२० बमरको उडान गर्दै, अमेरिकाका सबै राज्यमा हमला गर्न सक्षम

  • अनलाइन डबली

काठमाडौँ । चीनले शक्तिशाली बमर विमानको उडान गर्दैछ । अहिलेसम्म गुपचुप राखेको एच–२० स्टेन्थ बमर अमेरिकासँग भएको बी–२ भन्दा पनि शक्तिशाली भएको बताइएको छ । यसले हाइपरसोनिक मिसाइल समेत बोक्न सक्छ । चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार एच–२० बमरले १२ किलोमिटरसम्म सजिलै मार गर्न सक्छ । यसलाई रडार तथा एयर डिफेन्स सिस्टमले ट्रयाक गर्न सक्दैन । उक्त विमानको चीनले पहिलो उडानको तयारी गरेको अधिकारीलाई उदृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

अमेरिकाले हालै अस्ट्रेलियमा बी–२ बमर तैनाथ गरेपछि चीनले एच–२० को उडान गर्न लागेको हो । रक्षाविज्ञहरुका अनुसार चीनले सिधैं अमेरिकालाई चुनौती दिन यो बमरको उडान गर्न लागेको हो । अमेरिकाको बी–२ भन्दा चीनको एच–२० धेरै टन हतियार बोक्न सक्ने बताइएको छ ।

यसले चीनकै सीमाबाट जापान, फिलिपिन्स र प्रसान्त महासागरको गुआममा रहेको अमेरकी बेसमा हमला गर्न सक्ने । एकै पटक ४५ टन हतियार बोक्न सक्ने यो बमरले ४ वटा घातक क्रुज हाइपरसोनिक मिसाइल पनि हमला गर्न सक्छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एच–२० ले आर्कटिकबाट अमेरिकाका ५० वटै राज्यमा सजिलै मार हान्न सक्छ । चीनले अमेरिकालाई आफ्नो हवाई तागत देखाउृन सिधा चुनौती दिन यो विमानको उडान गर्न लागेको हो । चिनियाँ संचारमाध्यमहरुले यति शक्तिशाली बमर विमान कसैसँग नभएको समेत दाबाी गरेका छन् ।

ताइवानको विषयलाई लिएर पछिल्लो दिनमा चीन र अमेरिकाबीचको तनाव नयाँ चरणमा पुगेको छ । चीनलाई चुनौती दिँदै अमेरिकाले अस्ट्रेलियमा बी–२ तैनाथ गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना सहयोगी देशहरुलाई रक्षा गर्ने बताउँदै आएका छन् । एसिया भ्रमणको क्रममा जापान पुगेको बेला पनि उनले सो बोली दोहोर्याएका थिए ।

यता चीनले भने ताइवान आफ्नो आन्तरिक मामला भएको बताउँदै त्यसमा चाँसो राख्नु ठिक नहुने भन्दै अमेरिकालाई चेतवानी दिँदै आएको छ । जो बाइडन जापनामै भएको बेला चीनले ताइवानमाथि सैनिक घेराबन्द बढाउन हवाई, स्थल र जल क्षेत्रमा सैन्य अभ्यास पनि गर्दै आएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal