आज :

युक्रेनको जापोरिज्जिया परमाणु प्लान्टमा मिसाइल हमला, पूरै युरोप ठप्प पारिदिने रुसको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको जापोरिज्जिया परमाणु प्लान्टमा मिसाइल हमला गरिएको छ । युक्रेन आफैले ड्रोनबाट मिसाइल हमला गरेको हो । रुसी सेनाको कब्जामा रहेको उक्त परमाणु प्लान्ट पुनः नियन्त्रणमा लिन युक्रेनी सेनाले दुई पटक ड्रोनबाट बताइएको छ । रुसी रक्षा मन्त्रालयलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनी सेनाले जुलाई १८ र २० मा ड्रोनबाट मिसाइल हमला गरेको थियो । उक्त हमलाबाट परमाणु प्लान्टबाट धुँवाको मुस्लो आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भिडियो सार्वजनिक गरेका छन् ।

रुसको रक्षा मन्त्रालयले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो स्वार्थको लागि करोडौ मानिसहरुको जीवनसँग जोडिएको परमाणु प्लान्टमा हमला गरेको बताएको छ । उक्त हमलाबाट परमाणु प्लान्टमा आगजनी भए त्यसको क्षतिको जेलेन्स्कीले कल्पना समेत नगरेको रुसले बताएको छ ।

उच्च जोखिम भएकोले आफ्नो सेनाले परमाणु प्लान्टको सुरक्षा गरिरहेको रुसले दाबी गरेको छ । सैन्य कारवाहीको क्रममा दुबै पक्षबाट यसमा क्षति नपुगोस् भनेरै आफ्नो सेनाले नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले बताएको छ ।

करोडौं जनताको जीवनमाथि जेलेन्स्कीले खेलवाड नगर्न पनि रुसले चेतावनी दिएको छ । रुसको रक्षा मन्त्रालयले जेलेन्स्कीले यस्तै गरेमा दुबै परमाणु प्लान्टबाट ऊर्जा उत्पादन रोकेर पूरै यूरोप ठप्प बनाइदिने चेतावनी दिएको छ । उसले जेलेन्स्कीले महंगो मूल्य चुकाउनु पर्ने समेत बताएको छ ।

रुसले युक्रेनमा फेब्रुअरी २४ सैन्य कारवाही सुरु गरेको थियो भने ४ मार्चमा उक्त परमाणु प्लान्ट नियन्त्रणमा लिएको थियो । त्यहाँबाट युक्रेनी सेनालाई लखेटेर रुसी सेनाले कब्जामा लिएका थिए । त्यसपछि युक्रेनमा रहेका यूरोपको पहिलो र दोस्रो ठूलो परमाणु प्लान्ट रुसी सेनाको नियन्त्रणमा रहेका छन् । यो यूरोपकै सबैभन्दा ठूलो परमाणु प्लान्ट हो ।

पछिल्ला दिनमा युक्रेनले पश्चिमा देशहरुले दिएका लामो दूरीका हतियार र ड्रोनबाट रुसी सेनामाथि हमला गरिरहेको छ । केही दिन अघिमात्रै युक्रेनी उपरक्षा मन्त्रीले ब्ल्याक सीबाट रुसलाई लखेटेर क्रिमिया पुनः फिर्ता लिने दाबी समेत गरेका थिए । रुसले भने यसलाई केटाकेटी भन्दै पश्चिमा देशहरुले दिएका हतियार कति दिन पुग्ने हुन् ? भन्दै जेलेन्स्कीलाई प्रश्न गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal