आज :

पुटिन गम्भीर बिरामी रहेको खबर बाहिरियो, के हो यथार्थ ? यसो भन्छन् सीआईए प्रमुख

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । बर्नस्ले पुटिन गम्भीर बिरामी रहेको भनी चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए ।

अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्यको बारेमा धेरै हल्लाहरु छन् र जहाँसम्म हामी भन्न सक्छौं, उनी पूर्ण रूपमा स्वस्थ छन् ।’

पुटिनको स्वास्थ्यबारे अनुमानित समाचार आएको अहिले मात्र होइन । पुटिनको बढी ल्याङ्ग्वेज, बोली र चाल सबैमाथि निगरानी भइरहने भएकाले पनि अड्कलबाजी हुने गर्छ ।

हरेक पटक पुटिन सार्वजनिक दृश्यबाट केही अन्तरालका लागि गायब हुँदा वा उनको हाउभाउमा केही फरकपन आउँदा ट्याबलोइड शैलीमा उनमा कुनै बिमारी पो छ कि भन्ने प्रक्षेपण गर्ने काम सुरु भइहाल्छ ।

यसमा पुटिनको कार्यशैलीले पनि सघाएको छ । रुसको राजनीति उनकै वरिपरि केन्द्रित गरिँदै लगेकोले क्रेमलिनले उनलाई देशको समस्या समाधान गर्नसक्ने एकमात्र नेताको रुपमा प्रस्तुत गर्न मेहनत गर्छ ।

यसक्रममा उनको व्यक्तिगत जीवनका अधिकांश पाटो गोप्य राखिएको छ । पश्चिमी मिडियामा पुटिन बिरामी हुनसक्ने समाचार आउँदा रुसी राष्ट्रपति कार्यालयले क्रेमलिनले तिनको उपहास गर्ने गर्छ ।

बिहीबार नै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन स्वस्थ्य रहेको बताउँदै उनको स्वास्थ्यबारे चल्ने कुरा हल्ला मात्र भएको बताए ।

–सीएनएन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal