आज :

ओडिसोमा रुसले फेरि गर्यो क्रुज मिसाइल हमला, रुसी सेनालाई लखेटेर क्रिमिया फिर्ता लिने युक्रेनको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनको ओडिसामा फेरि भिषण हमला गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले ओडिसाको एक ग्रामिण क्षेत्रमा मिसाइल प्रहार गरिएको थियो । उक्त क्षेत्रमा ठूलो क्षति भएको समेत बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडिसामा रुसले मिसाइल हमला गरेको स्वीकार गरेका छन् । उनले उक्त हमला आतंकीय कार्य भएको बताउँदै रुसलाई माफी नदिने बताए । जेलेन्स्कीले रुसले विद्यालय र सामुदायीक भवनलाई निसाना बनाएर मिसाइल प्रहार गरिएको दाबी समेत गरे ।

तर, रुसी संचारमाध्यमहरुले भने उक्त क्षेत्रमा युक्रेनले सैन्य अड्डा विस्तार गरिरहेको थियो । त्यहाँ रहेका भवनहरुमा युक्रेनी सेनाले सेल्टर लिनुको साथै पश्चिमा देशहरुले दिएका हतियारको लागि बंकर खनिरहेको बेला हमला भएको रुसको दाबी छ । यसअघि पनि रुसले सैन्य गतिविधि बढेको भन्दै ओडिसोको अर्को ग्रामिण क्षेत्र सुमीमा पनि हमला गरेको थियो ।

यसैबीच युक्रेनले रुसलाई क्रिमियाबाट लखेट्ने चेतावनी दिएको छ । युक्रेनका रक्षा उपमन्त्री भोलोदिमिर ह्याब्रीलोप ब्ल्याक सीमा हमला गर्न सक्ने बताए । उनले ब्ल्याक सीमा हमला गरेर क्रिमियालाई पुनः फिर्ता ल्याउने दाबी गर्दै आफ्नो रक्षा गर्ने भए रुसलाई पछि हट्न चेतावनी समेत दिएका छन् ।

रक्षा विज्ञहरुका अनुसार युक्रेनले यस्तो चेतावनी दिएपनि ब्ल्याक सीमा रुसमाथि हमला गर्न नसक्ने बताउँछन् । त्यहाँ रुसको नौसैनिक अड्डा ठूलो सैन्य बलसहित तैनाथ छ । युक्रेनी सेनाले रुसको नौसैनिकलाई हराउन नसक्ने बताइएको छ ।

यदि, युक्रेनले ब्ल्याक सीमा हमला गरेमा नेटो पनि पछि हट्न सक्ने भारतीय रक्षाविज्ञ महेश सेठी बताउँछन् । उनले क्रिमिया जनमत संग्रहबाट पहिले नै युक्रेनबाट अलग भइसकेको र अहिले क्रिमियामाथि हमला भए रुससँग सिधै लड्न आएजस्तो हुने बताउँछन् । नेटाले क्रिमियाविरुद्ध हमला भएमा त्यसमा साथ नदिने सेठीले दाबी गरेका छन् ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले एक अर्का उच्च अधिकारीलाई कारवाही गरेका छन् । उनले आन्तरिक सुरक्षा प्रमुखलाई रुसलाई सहयोग गरेर राष्ट्रघात गरेको आरोप लगाउँदै सेवाबाट हटाएका छन् ।

जेलेन्स्कीले यसअघि सोही आरोपमा गुप्तचर प्रमुख र प्रमुख अभियोजनकर्तालाई पनि सेवाबाट हटाएका थिए । युक्रेनी राष्ट्रपतिको कार्यालयले रुसको नियन्त्रणमा रहेका क्षेत्रका ६० भन्दा बढी उच्च अधिकारी युक्रेनविरुद्ध लागेको बताएको छ । देशैभरी करिब ३ सय सरकारी कर्मचारीले रुसलाई सहयोग गरेको बताउँदै छानविन सुरु गरिएको जेलेन्स्कीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal