आज :

राजापाक्षेलाई शरण दिएको भन्दै चौतर्फी आलोचना भएपछि सिंगापुरले मुख खोल्यो, यस्तो रहेछ यथार्थ

  • अनलाइन डबली

काठमाडौँ। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई शरण दिएको भन्दै चौतर्फी आलोचना भएपछि सिंगापुरले यस बिषयमा मुख खोलेको छ । सिंगापुरले राजापाक्षेलाई शरण नभइ १४ दिने भ्रमण पास दिएको प्रस्ट परेको छ।

जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले बताएका छन्।

७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर पुगेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा समेत दिएका थिए ।

राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास प्रदान गरिएको जनाइएको छ ।

उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले बुधबार अमेरिकी कंग्रेसलाई रुसविरुद्धको युद्ध लड्न थप सहयोगको लागि आग्रह गरेकी छिन् ।

वासिङ्टनमा भावुक भाषणका क्रममा उनले भनिन्, ‘म हतियार मागिरहेकी छु । यस्ता हतियार जसको प्रयोग कोही अरुको जमिनमा युद्ध सुरु गर्नका लागि नभई कसैको घरको रक्षाका लागि गरिनेछ ।’

ओलेना जेलेन्स्काले यस्तो भावुक अपील यस्तो समयमा गरेकी हुन् जब रुसले आफ्नो युद्धको उद्देश्य पूर्वी युक्रेनभन्दा बाहिर बढेको बताएको छ । यसअघि मंगलबार ओलेना जेलेन्स्काले राष्ट्रपति जो बाइडेनसँग सोमबार राज्य सचिव एन्टोनी ब्लिङ्केनसँग कुरा गरेकी थिइन् ।

उनीसँग युक्रेनको सरकारमा कुनै आधिकारिक विभाग छैन तर युक्रेनमा रुसले युद्ध सुरु गरेको करिब पाँच महिना पुरा भइसकेको छ । यस्तोमा युक्रेन अमेरिकासँग थप सैन्य सहायता र राजनीतिक समर्थन चाहन्छ ।

कंग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा दिइनेछ ।

यस भ्रमणमा ओलेना जेलेन्स्काले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी थिइन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal