आज :

पुरै युक्रेन कब्जामा लिन रूसले गर्यो यस्तो घोषणा, पूर्वमा मात्र केन्द्रित नरहने भन्दै पश्चिमा देशहरुलाई चेतावनी

  • अनलाइन डबली

एजेन्सी । यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।

लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, “अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर) को बारेमा मात्र नभई खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रुपमा चलिरहेको छ ।”

मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रूसी सेनाहरूले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।

लाभरोभका अनुसार मस्कोको लक्ष्य यूक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।

रूसी विदेशमन्त्री लाभरोभले भने, “किभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको उनले बताए । यदि पश्चिमले यूक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रूसको ‘भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ’।”

लाभरोभले भने, “हामी युक्रेनको भागलाई यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की वा उनका उत्तराधिकारीले नियन्त्रण गरेमा वा रूसी इलाका तथा आफू स्वतन्त्र भएको घोषणा गरिसकेका डोनेस्क र लुगान्स्कलगायतका ठाउँमा हतियार राख्दा तीे इलाकालाई प्रत्यक्ष खतरा उत्पन्न गर्ने भएकाले रूसले यसविरूद्ध लडिरहेको हो ।”

यूक्रेनमा भएको आक्रमणको सुरुवातमा राजधानी कीभ लिन नसकेपछि रूसले आफ्नो सैन्य आक्रमण डोनेट्स्क र लुगान्स्कका पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । जुलाईको सुरुतिर मस्कोले लुगान्स्कमाथि पूर्ण नियन्त्रण भएको घोषणा गरेको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा रूसी फौज पठाई यूक्रेनविरूद्धको युद्ध सुरू गरेका थिए । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोप आपूर्ति हुने रुसी प्राकृतिक ग्यासको बाहब पश्चिमकै गल्तीको कारण घटेको र यो अझै घट्ने चेतावनी दिएका छन् । मंगलबारको भनाइबाट पुटिनले युरोपेली संघमाथि थप दबाब सिर्जना गरेको बताइन्छ ।

रुसले युरोपेली संघलाई आपुर्ति गर्ने ग्यास रोकेमा आगामी जाडोमा युरोपमा ठूलो असर पर्ने संघको डर छ । त्यसो भएमा आर्थिक तथा राजनीतिक उथलपुथल ल्याउनेछ । बुधबार युरोपेली संघले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने विषयमा आपतकालिन बैठक बोलाएका छ ।

विज्ञले अहिले नै युरोपले रुसी ग्यासमाथिको निर्भरता कम नगरेर सबैभन्दा आवश्यक पर्ने बेला(जाडो)मा रुसले आपुर्ति कटौती गरे गाह्रो पर्ने बताएका छन् । पुटिनले पश्चिमले रुसी तेलको मूल्यमा सिमा तोक्ने योजनाबारे पनि टिप्पणी गरेका छन् । यस कदमले विश्व तेल बजार अस्थिर हुने र तेलको मुल्य बढ्ने उनले चेतावनी दिए ।

‘केही अचम्मलाग्दा विचारहरु पनि आइरहेका छन् । रुसले कति तेल निर्यात गर्न पाउने भन्नेमा सिमा तोक्ने, मुल्यमा पनि सिमा तोक्ने बताइएको छ । तर यसले पनि मुल्य आकाशिने बाहेक केही प्रभाव पार्दैन ,’ पुटिनले भने ।

फेब्रुअरी २४ मा युक्रेनमाथि रुसी फौजले आक्रमण गरेपछि युरोपेली संघले रुसी कोइला तथा अधिकाशं तेलमा यो वर्षको अन्तिमबाट लागु हुने गरी प्रतिबन्ध लगायो । तर २७ देशको यो समूहले रुसी प्राकृतिक ग्यासमाथि भने प्रतिबन्ध लगाएको छैन । युरोपका उद्योग, विद्युत गृह रुसी ग्यासमा निर्भर छन् ।

यता रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले जर्मनीलाई पठाइरहेको ग्यास ६० प्रतिशतले घटाएको छ । यो अवस्था राजनीतिक प्रतिशोधभन्दा पनि प्राविधिक समस्याका कारण उत्पन्न भएको उसले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal