आज :

रुसबारे अमेरिकाले यस्तो टिप्पणी गरेपछि पुटिनले चाले नयाँ कदम, बाइडेनलाई झट्का, क-कसले दिए साथ ?

  • अनलाइन डबली

एजेन्सी । रुसले क्रिमियाजस्तै युक्रेनको भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाइरहेको अमेरिकाले टिप्पणी गरेको छ ।

गुप्तचरको सूचनालाई उद्धृत गर्दै राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभागलाई गाभ्ने प्रक्रिया सुरुसमेत गरिसकेको दाबी गरेका हुन् ।

रुसले कब्जा गरेको युक्रेनको भूभागमा चाँडोमा सेप्टेम्बर महिनासम्ममा रुससँग गाभिने विषयमा ‘जनमत सङ्ग्रह’ गर्ने तयारी गरिएको उनको भनाई छ ।  रुसले सन् २०१४ मा जनमतसंङ्ग्रह गरेर नै क्रिमियालाई आफ्नोमा गाभेको थियो । त्यसलाई पश्चिमा राष्ट्रहरुले ‘अवैद्य’ बताउँदै आएका छन् ।

‘हामी अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ,’ किर्बीले पत्रकारहरुसँग भने, ‘कोही पनि झुक्किन जरुरी छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ दोहोराउन खोजिरहेका छन् ।’

अमेरीकाको यस्तो टिप्पणीपछि रुसले नयाँ कदम चालेको छ । रुसले अमेरिकालाई तह लगाउन अरु देशहरुसंग सहकार्य गर्न सुरु गरेको छ । त्यसकै परिणाम हो रुस  र इरान वार्ता !

अर्थात रुस  र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो ।

सिरियामा आतङ्कवाद विरुद्ध सामूहिक रुपमा गरिएको सङ्घर्षबारे पनि कुराकानी भएको थियो । आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोप आपूर्ति हुने रुसी प्राकृतिक ग्यासको बाहब पश्चिमकै गल्तीको कारण घटेको र यो अझै घट्ने चेतावनी दिएका छन् । मंगलबारको भनाइबाट पुटिनले युरोपेली संघमाथि थप दबाब सिर्जना गरेको बताइन्छ ।

रुसले युरोपेली संघलाई आपुर्ति गर्ने ग्यास रोकेमा आगामी जाडोमा युरोपमा ठूलो असर पर्ने संघको डर छ । त्यसो भएमा आर्थिक तथा राजनीतिक उथलपुथल ल्याउनेछ । बुधबार युरोपेली संघले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने विषयमा आपतकालिन बैठक बोलाएका छ ।

विज्ञले अहिले नै युरोपले रुसी ग्यासमाथिको निर्भरता कम नगरेर सबैभन्दा आवश्यक पर्ने बेला(जाडो)मा रुसले आपुर्ति कटौती गरे गाह्रो पर्ने बताएका छन् । पुटिनले पश्चिमले रुसी तेलको मूल्यमा सिमा तोक्ने योजनाबारे पनि टिप्पणी गरेका छन् । यस कदमले विश्व तेल बजार अस्थिर हुने र तेलको मुल्य बढ्ने उनले चेतावनी दिए ।

‘केही अचम्मलाग्दा विचारहरु पनि आइरहेका छन् । रुसले कति तेल निर्यात गर्न पाउने भन्नेमा सिमा तोक्ने, मुल्यमा पनि सिमा तोक्ने बताइएको छ । तर यसले पनि मुल्य आकाशिने बाहेक केही प्रभाव पार्दैन ,’ पुटिनले भने ।

फेब्रुअरी २४ मा युक्रेनमाथि रुसी फौजले आक्रमण गरेपछि युरोपेली संघले रुसी कोइला तथा अधिकाशं तेलमा यो वर्षको अन्तिमबाट लागु हुने गरी प्रतिबन्ध लगायो । तर २७ देशको यो समूहले रुसी प्राकृतिक ग्यासमाथि भने प्रतिबन्ध लगाएको छैन । युरोपका उद्योग, विद्युत गृह रुसी ग्यासमा निर्भर छन् ।

यता रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले जर्मनीलाई पठाइरहेको ग्यास ६० प्रतिशतले घटाएको छ । यो अवस्था राजनीतिक प्रतिशोधभन्दा पनि प्राविधिक समस्याका कारण उत्पन्न भएको उसले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal