आज :

युद्धमैदानमा रहेका पत्रकार राजेश भन्छन्- युक्रेनले आफ्नै नागरिक मारिरहेको छ, के छ ताजा अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । रुसले सैन्य कारवाही सुरु गरेदेखि लगातार युद्धमैदानबाट रिर्पोटिङ गरिरहेका पत्रकार राजेश पवारले युक्रेनले आफ्नै नागरिक मारिरहेको बताएका छन् । उनले रुसी सेनाको नियन्त्रणमा गएभा क्षेत्रमा युक्रेनी सेनाले क्षेप्यास्त्र प्रहार गरिरहेको बताएका छन् । उक्त हमलाबाट रुसी सेनाभन्दा पनि युक्रेनी नागरिकको मृत्यु भइरहेको राजेश आफ्नो रिपोर्टमा बताउँछन् । अहिले पनि देशका धेरै क्षेत्रमा लडाइँ जारी रहेको राजेशले बताए । राजधानी किभमा कतिखेर हमला हुन्छ भन्ने त्रासको अवस्था रहेको राजेशले बताए ।

भारतीय न्यूज च्यानल आजतकमा सुरुको दिनदेखि युद्धमैदानबाट रिर्पोटिङ गरिरहेका राजेशले आफूले निष्पक्ष भएर हेर्दा पश्चिमा संचारमाध्यमहरुले रुसविरुद्ध ठूलो प्रचारयुद्ध छेडेको समेत बताउँछन् । उनले युक्रेनको भएको क्षति लुकाइरहेको र रुसको नभएको क्षति प्रचार गरेर मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको बताउँछन् ।

प्रचारमा भनिएअनुसार रुसी सेनाले मानव बस्तीमा हमला गरेको भए आजसम्म ठूलो क्षति हुने भन्दै सैनिक इलाका र सेनाले प्रयोग गरिरहेका भवनलाई रुसी सेनाले निसाना बनाएको राजेश बताउँछन् । “युद्ध क्षेत्रमा के जे भइरहेको छ, त्यो पश्चिमा संचारमाध्यमहरुमा आउँदैन, जे भएको छैन, त्यो प्रचार गरिन्छ । रुसविरुद्ध प्रचारयुद्ध पनि सुरुदेखि भएको छ” राजेश आफ्नो रिर्पोटिङमा भन्छन् ।

राजेशले नेटो देशहरुले दिएका हतियारले युक्रेनी सेनाले आफ्नै नागरिक मारिरहेको बताउँछन् । युक्रेनी सेनाले रुसको नियन्त्रणमा गएका लुहान्स्क, मारियोपोल क्षेप्यास्त्र हमला गर्दा नागरिकको मृत्यु भइरहेको बताए । उनले हालै युक्रेनी सेनाले लामो दूरीको क्षेप्यास्त्रबाट खेरसनमा गरेको प्रहारबाट बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको बताए ।

लडाइँको पछिल्लो अवस्थाबारे आफ्नो रिर्पोटमा राजेश भने, “अहिले रुसी सेनाले पूर्वी क्षेत्रको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ, ब्ल्याक सीमा कब्जा कायमै छ । रुसले अपग्रेडेड हतियारसहित अगाडि बढिरहेको छ । राजधानी किभमा केही दिन पहिलेबाट कुनै हमला भएको छैन तर नजिकका अन्य सहरतिर रुस अघि बढेको छ ।” अमेरिकासहित नेटो देशहरुले ठूलो मात्रामा युक्रेनलाई सैन्य अस्त्र पठाइरहेकै कारण रुसले ठूलो क्षति हुनबाट बच्न मोर्चा कसेर युद्ध लडिरहेको बताए । बाहिर प्रचार गरिएजति रुसको क्षति नभएको समेत राजेश बताउँछन् ।

युद्ध कहिलेसम्म जान्छ र कसले जित्छ भन्ने प्रश्नको जवाफमा राजेश लडाइँ अझै केही महिनासम्म जान सक्ने बताउँछन् र जति लामो गएपनि रुसलाई हराउन नसक्ने अवस्था रहेको बताउँछन् । नेटो प्रत्यक्ष रुपमा युक्रेन आए आणविक युद्ध हुने र त्यो कसैले नजित्ने दाबी राजेशको छ । संसारको सबैभन्दा आणविक शक्ति सम्पन्न रुस र दोस्रो ठूलो देश अमेरिकासहित अन्य देशहरुबीच आणविक युद्धको अवस्था आए सबै खरानी हुने र कसैले नजित्ने राजेशको दाबी छ । उनले त्यही बुझेरै अमेरिका प्रत्यक्ष युक्रेनमा नआएको समेत बताए ।

नेटोले नै प्रत्यक्ष सहयोग गरेका कारण वार्ताको माध्यमबाट समस्या युद्धविराम हुने सम्भाना नहरेको राजेश बताउँछन् । उनी भन्छन्–“यो युद्ध हेर्दा युक्रेन र रुसबीचको जस्तो देखिएपनि खासमा नेटो र रुसबीच भइरहेको छ । नेटोले खुलमखुला युक्रेनलाई हतियार दिइरहेको बेला रुसले वार्ताको माध्यमबाट युद्धविराम हुने सम्भना छैन । अब दुई सम्भावना देखा परेका छन्, कि त विश्वयुद्ध हो, कि त रुसको सुरक्षा चाँसोबारे युक्रेन प्रतिवद्धता जाहेर गर्नु ।”

करिब पाँच महिनादेखि युक्रेनमा रुसको सैन्य कारवाही जारी छ । युक्रेनको पूर्वी सहर डोनबास, लुहान्स्क, मारियोपोल, खेरसन जस्ता सामरिक महत्वको क्षेत्रमा रुसी सेनाको नियन्त्रण कायमै छ । रुसी सेना बाँकी क्षेत्रलाई पनि कब्जामा लिने भिषण हमला गरिरहेको छ ।

हालैका दिनमा निप्रो, निकोपोल, डिनिप्रो सहरमा पनि लामो दूरीका मिसाइल हमला भएका छन् । यी क्षेत्र युक्रेनले आफूलाई सुदृढ गरिरहेको बेला रुसी सेनाले गरेका हमलाबाट युक्रेनी सेनाको ठूलो क्षति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal