आज :

नेपालमा बढ्न थाल्यो कोरोना, २४ घन्टामा ४५७ जनामा सङ्क्रमण पुष्टि

  • अनलाइन डबली

काठमाडौँ । नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर क्रमशः बढिरहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार असार महिनाको आरम्भदेखि सङ्क्रमण बढ्ने क्रम देखिएको छ।

उनका अनुसार अहिले सरकारले निगरानी बढाउने, परीक्षणको दायरा फराकिलो बनाउने, सीमा क्षेत्रमा एन्टिजन परीक्षण गर्ने कामलाई तीव्र बनाउन थालेको छ।

हवाईमार्गबाट नेपाल भित्रिने व्यक्तिबारे शङ्का लागेमा विमानस्थलको हेल्थ डेस्कमा खटेका कर्मचारीले जाँच गर्ने उनले बताए। सङ्क्रमण नियन्त्रणका लागि सुरक्षा मापदण्ड पालन गर्नु र खोप लगाउनु अत्यावश्यक भएको जानकारहरूले बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal