आज :

धिराजप्रताप सिंहबिरुद्ध अदालत पुगेका एआईजी पोखरेलले किन दिए राजीनामा ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् ।

तर एआईजी पोखरेल कार्यालय नै गएनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal