काठमाडौँ । रुसले नयाँ टोर–एम २ डिफेन्स सिस्टम युक्रेनमा तैथान गरेको छ । कमदेखि मध्यम दूरीको हमलालाई निस्तेज पार्न रुसले यो सिस्टक तैनाथ गरेको हो । रुसले अपग्रेड गरेर यो डिफेन्स सिस्टम तैनाथ गरेको छ । यसले २७ मिटर तलबाट उड्ने मिसाइललाई समेत निसाना बनाउन सक्छ ।
टोर–एम २ ले फाइटर जेट, हेलिकोप्टर, ड्रोन, मिसाइल, रकेटलाई बिचमै नष्ट पार्न सक्ने रुसले दाबी गरेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सकिन्छ । पुरानो टोरका भन्दा नयाँको गति पनि बृद्धि गरिएको छ । यसको गति प्रतिघण्टा ९० किलोमिटर छ । जुनसुकै मौसममा पनि काम गर्न सक्ने टोर–एम २ गाइडेड हतियार, छोटो दूरीका एयर मिसाइलबाट लैस छ । यसले गाइडेड हतियारलाइ निसाना बनाउछ ।
सन् १९८० दशमा रुसले यो सिस्टकको विकास गरेको हो भने १९९१ र ९२ रुसी सेनाले प्रयोगमा ल्याएको हो । सुरुमा १२ किलोमिटरसम्म निसाना लगाउन सक्ने टोरलाई रुसले अपग्रेड गर्दै आएको छ ।
युक्रेनले अमेरिकासहित नेटा देशहरुले दिएका लामो तथा मध्यम दूरीका आर्टिलरी रकेट, मिसाइल र ड्रोनबाट हमला गर्न थालेपछि रुसले अपग्रेड गरिएको टोर मैदानमा उतारेको हो । युक्रेनलाई अमेरिकाले दिएको आर्टिलरी रकेट सिस्टम हिमार्स, पश्चिमा अन्य देशहरुको सहयोगमा युक्रेनमै बनेको टोचका यू मिसाइल र टर्कीले लिएको टिबी–२ ड्रोनलाई नष्ट गर्न रुसले टोर मैदानमा उतारको बताइएको छ ।
अमेरिकाले दिएका आर्टिलरी रकेट सिस्टम प्रतिघण्टा ८५ किलोमिटर पुग्छ । यसको अधिकतम मार क्षमता भनेको ४८० किलोमिटरसम्म हो । त्यस्तै, टोचका ७० देखि १८५ किमीसम्म मार हान्छ । यसले अहिले युक्रेनी सेनाले रुसले कब्जामा लिएका क्षेत्रमा पनि हमला गरिरहेको बताइएको ।
त्यसैगरी टर्कीले हालै दिएको टिबी–३ ड्रोनबाट पनि रुसी सेनामाथि हमला भइरहेको छ । यो ड्रोन प्रतिघण्टा २२० किमी उड्छ भने ७६०० फिटमाथि सम्म जान सक्छ । यसको अधिकतम मार क्षमता ४ हजार किलोमिटर हो । यो मोर्टर, रकेट, बम र छोटो दूरीको मिसाइल फिट गरिएको हुन्छ ।