आज :

आज र भोलि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा

  • अनलाइन डबली

काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ।

हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सि (मंगलबार) रातिदेखि भने सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal