आज :

युक्रेनको निकोपोल र डिनिप्रोमा रुसद्वारा क्रुज मिसाइल प्रहार, नेटोले दिएको अन्तरिक्ष रकेट प्लान्ट ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनको निकोपोल र डिनिप्रो सहरस्थित सैनिक अखडाहरुमा मिसाइल प्रहार गरेको छ । युक्रेनको दक्षिणमा रहेको उक्त सहरमा अहिलेसम्मकै यो ठूलो हमला भएको बताइएको छ । रुसले मिसाइल हमला गरेको पुष्टि गर्दै युक्रेनी रक्षा मन्त्रालयले कम्तीमा ३७ जनाको ज्यान गएको जनाएको छ ।

यी सहरमा युक्रेनका महत्वपूर्ण सैन्य संरचना थिए । पछिल्ला दिनहरुमा रुसी सेनाले प्रहार गरिरहेको भएपनि यो हमला भने क्रुज मिसाइलबाट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो हमला यी सहरमा सबैभन्दा ठूलो भएको समेत बताइएको छ ।

मिसाइल हमला सैनिक इलाकामा गरेको बताइएको छ । युक्रेनको मध्य भागमा रहेको डिनिप्रो सहर सैन्य रणनीति हिसाबले महत्वपूर्ण मानिन्छ । युक्रेन यो सहरमा अन्तरिक्ष रकेट प्लान्ट समेत बताएको थियो । अन्तरिक्ष रकेट प्लान्ट नै ध्वस्त बनाएको यो पहिलो घटना भएको र यो शहरमा अहिलेसम्मकै ठूलो क्षति भएको समेत बताइएको छ ।

पश्चिमा देशहरुको सहयोगमा बनाइएको प्लान्ट रुसी सेनाले गरेको क्रुज मिसाइल हमलाबाट पूर्णरुपमा क्षति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रकेट प्लान्टको रक्षाको लागि भनेर एयर डिफेन्स सिस्टम पनि तैनाथ गरिएको थियो । तर, रुसको क्रुज मिसाइलको अगाडि उक्त एयर डिफेन्स सिस्टमले काम नगरेको बताइएको छ ।

अमेरिका र नेटोले युक्रेनमा तैनाथ गरेका एयर डिफेन्स सिस्टमले रुसी हमलालाई रोक्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनले आवासीय क्षेत्रमा हमला भइरहेको बताएपनि रुसले त्यसको खण्डन गरेको छ । सैन्य इलाका र पश्चिमा देशहरुले दिएका सैन्य अस्त्र भण्डारमा मात्रै हमला गरेको रुसले दाबी गर्दै आएको छ ।

यसअघि युक्रेनको अर्को सहर निप्रो सहरमा पनि रुसले एकैपटक पाँचवटा मिसाइल प्रहार गरेको थियो । युक्रेनको राष्ट्रपति कार्यालयका अनुसार यहाँ २० जनाको ज्यान जानुको साथै एकसय भन्दा बढी घाइते भएको बताएको थियो । यो सहरमा रुसले पहिलो हमला गरेको थियो । त्यस्तै, ब्ल्याक सीको तैनाथ पनडुब्बीबाट मिसाइल हमला गरेको थियो ।

पश्चिमा देशहरुले रुसमाथि हमला गर्ने योजना बनाएको सूचना सार्वजनिक भएको थियो । त्यो सूचनासँगै रुसले युक्रेनमाथि थप हमला गरेको छ । रुसले आफ्नो मिसन पूरा नगरी युक्रेनबाट पछि नहट‍्ने बरु जस्तोसुकै लडाइँ लड्न तयार रहेको सन्देश पनि पश्चिमा देशहरुलाई दिएको छ ।

यसैबीच रुसले विश्वकै शक्तिशाली मानिएको आरएस-२८ मिसाइल पुन परीक्षण गर्ने तयारी गरेको बताइएको छ । १८ हजार किलोमिटर मार क्षमता भएको मिसाइलले एकै पटक १५ वटा परमाणु हतियार प्रहार गर्न सक्छ ।

बेलायती रक्षाविज्ञका अनुसार यो मिसाइलले ४-५ वटा प्रहारबाट आधा अमेरिका खरानी हुन सक्छ भने बेलायत र फ्रान्स जस्ता देशहरु एकै पटक ध्वस्त पार्न सक्छ ।

यसैबीच अमेरिकाले रुसी रक्षा प्रणाली बिक्रीमाथि लगाएकोक प्रतिबन्ध हटाएको छ । रुससँग रक्षा प्रणाली खरिद गर्ने कुनै पनि देशहरुमाथि कारवाही गर्ने गरी अमेरिकाले काट्स कानुन बनाएको थियो । यही कानुनका कारण भारतलगायतका देशहरुले रुसी एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गर्न पाएका थिएनन् ।

सन् २०१४ मा रुसले क्रिमिया गाभेपछि र २०१६ अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले काट्स कानुन बनाएको थियो । सन् २०१७ मा संसदबाट पारित गरेको काट्स कानुनमा रुससँग रक्षा उपकरण वा खुफिया लेनदेन गर्ने कुनैपनि देशमाथि अमेरिकाले दण्डात्मक कारवाही गर्ने प्रावधान थियो ।

उक्त कानुन संशोधन गरेपछि भारतले रुसको एस–४०० मिसाइल सिस्टम खरिद गर्ने भएको छ । भारतले यो सिस्टम खरिद गर्न चाहेपनि अमेरिकी कानुनका कारण अहिलेसम्म खरिद गर्न सकेको थिएन । रुससँग रक्षा प्रणाली खरिद गर्ने देशमाथि दण्डात्मक कारवाही गर्ने उक्त कानुनमा व्यवस्था थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal