आज :

खाना खाइरहेको बेला नेपालमा भूकम्प गयो, भाग छोडेर मानिसहरू खुला ठाउँमा

  • अनलाइन डबली

काठमाडौं । शनिबार साँझ नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको बताएको छ ।

केन्द्रका अनुसार  आज बेलुका ६ बजेर ४० मिनेट जाँदा ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

स्थानीयका अनुसार दिनभर काम गरेर खाना खाइरहेको बेला भूकम्प गएको थियो । स्थानीय खान लागेको भाग छोडेर खुला स्थानतिर दौडिएका थिए । स्थानीय रमेश गुरुङले आफूहरु खाना खान लागिरहेको बेला भूकम्प गएको बताए । उनले खाना छोडेर खुला ठाउँमा जानै लाग्दा कम्पन कम भएको बताए ।

फेरि भूकम्प आउन सक्ने भन्दै केही समय घर बाहिर बसेपनि अहिले भने सबै घरभित्र पसिसकेको बताए ।

गोरखाको बारपाक केन्द्र बनाएर भूकम्प गएपछि दोलखाको सिंगटी केन्द्र गएको अर्को भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेको सिन्धुपाल्चोकबासी पराकम्पन आउँदा पनि त्रसिद हुन्छन् । गोल्छे आसपासको क्षेत्रमा पराकम्पनको ठूलो प्रभाव परेको थियो ।

काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि भूकम्पले धक्का महशुस गरिएको थियो । भूकम्पबाट कुनै जनधनको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal