आज :

रुसले आरएस-२८ सरमत मिसाइलको नयाँ परीक्षण गर्दै, बेलायती रक्षाविज्ञ भन्छन्- अमेरिका खरानी पार्न सक्छ

  • अनलाइन डबली

काठमाडौँ । रुसले अहिलेसम्मकै शक्तिशाली मिसाइलको नयाँ परीक्षणको अन्तिम तयारी गरेको छ । रुसी अधिकारीहरुका अनुसार कुनै पनि देशले विकास गर्न नसकेको आरएस–२८ सरमत अन्तर महादेशीय व्यालेस्टिक मिसाइल परीक्षण गर्ने तयारी भइरहेको छ । यो मिसाइल रुसले पहिलो पटक सन् २०१७ अक्टोबरमा सफल परीक्षण गरेको थियो ।

यो मिसाइलले एकै पटक १५ ठाउँमा परमाणु हमला गर्न सक्छ । यसको मार क्षमता १८ हजार किलोमिट हो । यो मिसाइल यति शक्तिशाली छ कि, बेलायत र फ्रान्सजस्ता १५ देशहरुलाई एकै पटक ध्वस्त गरिदिन सक्ने बताइएको छ ।

यो मिसाइलको वजन २०८ टन छ भने १५ फुट लामो छ । रुसले पहिलो पटक सन् २०१७ अक्टोबरमा मिसाइलको परीक्षण गरेको थियो । रुसी अधिकारीहरुले अहिले ४६ वटा नयाँ सरमत मिसाइल बनाउने योजना रहेको बताएका छन् । बेलायतका रक्षा विज्ञ डा. पावलका अनुसार रुसको चार पाँचा वटा सरमत मिसाइलले आधा अमेरिका खरानी बनाउन सक्नछन् ।

यो सिमाइल नै विश्वको शक्तिशाली मिसाइल भएको रुसले दाबी गरेको छ । एयर डिफेन्स सिस्टमले समेत ट्रयाक गर्न नसक्ने यो मिसाइलको नयाँ परीक्षण गर्ने लागेको हो । पश्चिमा देशहरुलाई रुसले आफ्नो शक्ति देखाउन यो परीक्षण गर्न लागेको बताइएको छ । रुसले आफूविरुद्ध घेराबन्दी बढ्दै गएपछि सरमतको प्रयोग गर्न सक्ने बताइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ कानुन बनाएर अन्य देशमाथि हमला गर्न सेनालाई अनुमति दिइसकेका छन् । यसलाई रुसले आतंकवाद विरोधी कानुन भनेकोछ । कुनै पनि देशमा आतंकवादी गतिविधि भए त्यसलाई नियन्त्रण गर्न सेनालाई हमला गर्न अनुमति दिएको छ ।

पुटिनले नयाँ कानुनमा हस्ताक्षर गरेर विश्व तरंगित भइरहेको बेला रुसले सरमतको नयाँ परीक्षण गर्न लागेको हो । यसले विश्वमा नयाँ हलचल मच्चाएको छ ।

रुसी सेनाले युक्रेनमा पश्चिमा देशहरुले दिएका सैन्य अस्त्रलाई निसाना बनाइरहेको छ । रुसले युक्रेनको निप्रोसहित दुई महत्वपूर्ण सहरमा भिषण हमला गरेको छ । निप्रो सहरमा रुसी सेनाले एकै पटक पाँचवटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । हमलाबाट २० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

निप्रो सहरमा पश्चिामा देशहरुले दिएको एयर डिफेन्स सिस्टमले रुसी मिसाइलको अगाडि काम नलागेको बताइएको छ । रुसी हमलाबाट युक्रेनको एयर डिफेन्स सिस्टम पूरै ध्वस्त भएको छ । उक्त एयर डिफेन्स सिस्टम हालै मात्रै पश्चिमा देशहरुले दिएका थिए । युक्रेनले एयर डिफेन्स सिस्टम तैनाथ गरेकोले यो सहरमा लामो तथा छोटी दूरीका हतियार भण्डार गर्दै आएको थियो ।

केही दिन पहिले मात्रै युक्रेनको अर्को शहर भिनित्सयामा रुसले पनडुब्बीबाट मिसाइल प्रहार गरेको थियो । रुसको हमलाबाट टाढै रहेको यो शहरमा पश्चिमा देशहरुले दिएका सैन्य उपकरण तथा अस्त्र भण्डारण गरिरहेको बेला हमला भएका छन् । एकै पटक पाँच वटा मिसाइल प्रहारबाट उक्त सहरमा रहेका युक्रेनी सेनाका अखडाहरु पनि ध्वस्त भएको रुसले दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal