आज :

युक्रेनको निप्रो सहरमा रुसले क्रुज मिसाइल प्रहार गर्यो, अमेरिकाले दिएको एयर डिफेन्स सिस्टम ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनको अर्को महत्वपूर्ण सहर निप्रोमा मिसाइल हमला गरेको छ । यो सहरमा यति ठूलो हमला पहिलो पटक भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । हमलामा परी तीन जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको युक्रेनी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो सहरमा रहेका युक्रेनी सेनाका क्याम्प पनि मिसाइल प्रहारबाट ध्वस्त भएको बताइएको छ । रुसी सेनाले क्रुज मिसाइल प्रहार गरेको बताइएको छ । पश्चिमा देशहरुले दिएका अस्त्र तैनाथ गरेकोले यो सहर सुरक्षित रहेको दाबी युक्रेनले गरेको थियो ।

पश्चिमा देशहरुले दिएका हतियार यो सहरका सैन्य अखडामहरुमा स्टोर गरेकाले हमला गरेको रुसले दाबी गरेको छ । त्यस्तै, यक्रेनेको अर्को सहर दिनेप्रोटोलमा पनि रुसले भिषण हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा भएको क्षतिको विवरण भने आएको छैन । यहाँ पनि युक्रेनी सेनाले रुसी हमलालाई बिफल बनाउने भन्दै तैनाथ गरेको एयर डिफेन्स सिस्टम पनि ध्वस्त भएको बताइएको छ ।

केही दिन पहिलेमात्रै युक्रेनको महत्वपूर्ण शहर भिनित्सयामा रुसले पनडुब्बीबाट मिसाइल हमला गरेको थियो । हमलामा परी २० जनाको निधन भएको युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका थिए । त्यस्तै एक सय जनभन्दा बढी घाइते भएका थिए । सो सहरमा रुसी सेनाले एकै पटक तीनवाट मिसाइल प्रहार गरेको थियो ।

यो सहरमा रुसले पहिलो पटक हमला गरेको हो । रुसको हमलाबाट टाढा रहेकोले युक्रेनी सेनाले पश्चिमा देशहरुले दिएका अस्त्रहरु भण्डार गरिरहेको थियो । युक्रेनले आवसीय क्षेत्रमा हमला गरेको भन्ने आरोपको रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको थियो । उसले पश्चिमा देशहरुले दिएको हतियारको पछिल्लो खेप उक्त सहरमा रहेका सैनिक क्याम्पमा भण्डार गरेको थियो ।

यसैबीच अमेरिकाले रुसी रक्षा प्रणाली बिक्रीमाथि लगाएकोक प्रतिबन्ध हटाएको छ । रुससँग रक्षा प्रणाली खरिद गर्ने कुनै पनि देशहरुमाथि कारवाही गर्ने गरी अमेरिकाले काट्स कानुन बनाएको थियो । यही कानुनका कारण भारतलगायतका देशहरुले रुसी एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गर्न पाएका थिएनन् ।

सन् २०१४ मा रुसले क्रिमिया गाभेपछि र २०१६ अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले काट्स कानुन बनाएको थियो । सन् २०१७ मा संसदबाट पारित गरेको काट्स कानुनमा रुससँग रक्षा उपकरण वा खुफिया लेनदेन गर्ने कुनैपनि देशमाथि अमेरिकाले दण्डात्मक कारवाही गर्ने प्रावधान थियो ।

उक्त कानुन संशोधन गरेपछि भारतले रुसको एस–४०० मिसाइल सिस्टम खरिद गर्ने भएको छ । भारतले यो सिस्टम खरिद गर्न चाहेपनि अमेरिकी कानुनका कारण अहिलेसम्म खरिद गर्न सकेको थिएन । रुससँग रक्षा प्रणाली खरिद गर्ने देशमाथि दण्डात्मक कारवाही गर्ने उक्त कानुनमा व्यवस्था थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal