आज :

युक्रेनको भिनित्सियामा रुसले पनडुब्बीबाट एकैपटक तीन क्षेप्यास्त्र प्रहार गर्यो, २ सय जना घाइते

  • अनलाइन डबली

काठमाडौँ । पश्चिमा देशहरुले रुसमाथि १४ जुलाईभित्र हमला गर्न लागेको चर्चापछि रुसी सेनाले युक्रेनमा हमला झन तीब्र बनाएको छ । अहिलेसम्म हमला नभएको अर्को महत्वपूर्ण सहर भिनित्सियामा रुसी सेनाले एकै पटक तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी किभबाट दक्षिण पश्चिममा रहेको उक्त सहरमा युक्रेनी सेनाले बन्दोबस्तीसँगै पश्चिमा देशहरुबाट आएका हतियार भण्डार गर्न लागेको सूचनाको आधारमा हमला भएको रुसले दाबी गरेको छ । उक्त सहरमा अहिलेसम्म कुनै प्रकारको हमला भएको थिएन ।

रुसको निसानामा नपरेको भन्दै युक्रेनी फौजले उक्त क्षेत्रमा हतियार भण्डार गरिरहेको रुसीको दाबी छ । पश्चिमा देशहरुबाट आएको पछिल्लो हतियारको खेप सो सहरमा पुगेको बताइएको छ । रुसले पश्चिमा देशहरुले दिएका हतियारलाई निसाना बनाउन थालेपछि युक्रेनमा सो क्षेत्रमा हतियार लुकाउन लगेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनले हमला स्थानीय समयअनुसार १०ः५० बजे भएको र २० जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, अन्य ९० जनाभन्दा बढी घाइते भएको बताएको छ । तर, केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरका अनुसार सो क्षेत्रमा कम्पतीमा पनि दुई सय भन्दा घाइते भएको बताएका छन् । युक्रेनले आवसीय क्षेत्रमा हमला भएको बताएको छ । तर, रुसी रक्षा मन्त्रलायले त्यसलाई अस्वीकार गर्दै सो क्षेत्रमा सैनिक इलाकालाई निसाना बनाइएको बताएको छ ।

बीबीसीका अनुसार तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा सरकारकाी कार्यालयहरू ध्वस्त हुनुको साथै आवासीय भवनमा क्षति पुगेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कार्यालयले पनि क्षेप्यास्त्र प्रहार भएको पुष्टि गर्दै ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रबाट भएको बताएको छ ।

आपत्कालीन सेवाका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीले स्थानीय टेलिभिजनलाई आक्रमणमा परेकामध्ये कोही पनि जीवित फेला पर्ने सम्भावना नभएको बताएको बीबीसीले जनाएको छ । उक्त हमलाबाट करिब तीन लाख ७० हजार जनसङ्ख्या भएको भिनित्सिया निकै प्रभावित भएको बताइएको छ ।

रुसी युद्ध अपराधसम्बन्धी एउटा सम्मेलनका लागि द हेगमा युरोपेली सङ्घका विदेश तथा न्याय मन्त्रीहरूले भेट्न लागेका बेला उक्त प्रहार भएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले भिनित्सियामा आक्रमण गरेर अर्को युद्ध अपराध गरेको आरोप लगाएका छन् । उनले युक्रेनीका रगत र आँसुका प्रत्येक थोपाका लागि रुसी युद्ध अपराधीहरूलाई मुद्दा दायर गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal