आज :

जेलेन्स्की झन संकटमा- नेटो र ईयूले हतियार नदिने, रुसले जारी गर्यो युद्धक्षेत्रको ताजा भिडियो

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा भइरहेको हमलाको ताजा भिडियो सार्वजनिक गरेको छ । पछिल्ला दिनमा खेरसनमा रुसको ठूलो क्षति भएको र पछि हटेको भन्ने पश्चिमा मिडियामा समाचार आइरहेको बेला रुसले नयाँ भिडियो सार्वजनिक गरेर महला झन बढेको सन्देश दिएको छ ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडियोमा रुसी सेनाले युक्रेनी सैन्य इलाकामा लामो र छोटो दूरीका दर्जनौं मिसाइल एकै पटक प्रहार गरेको देखिएको छ । हमला पहिलेभन्दा तेज गतिमा भइरहेको रुसले बताएको छ । रुसी संचारमाध्यमहरुले हमला अझै बढ्न सक्ने बताएका छन् ।

युक्रेनले हालै खेरसनमा रुसमाथि गरेको हमलामा ठूलो क्षति भएकै कारण रुस वार्ताको लागि तयार भएको भन्ने समाचारबीच यो भिडियो सार्वजनिक भएको छ ।

तुर्कीको पहलमा भइरहेको वार्तामा बस्न रुस तयार रहेको छ । यसलाई कमजोरीको रुपमा नसोच्न रुसले चेतावनी समेत दिएको छ । ब्ल्याक सीको जलमार्ग भएर भइरहेको अवरोध हटाउन वार्ता हुन लागेको बताइएको छ ।

सो जलमार्ग रुसको नियन्त्रणमा छ । सो मार्ग हुँदै युक्रेनको खाद्यन्न अन्य देशमा जान दिनेबारे वार्ता हुन लागेको हो । यसअघि ३० मार्चा भएको वार्तामा युद्धक्षेत्रमा फसेकोहरुलाई मानव करिडोर बनाएर बाहिर निस्कन दिने सहमति भएको थियो । यो वार्तामा आफू कमजोर भएर मानविय हिसाबले बस्न तयार भएको रुसले बताएको छ ।

रुसले हमला झन् बढाइरहेको बेला नेटो र ईयूले अहिले दिइरहेका हतियार कटौती गर्न सक्ने बताइएको छ । बेलायतको फाइनान्सियल टाइम्सका अनुसार नेटो र ईयूले अहिले युक्रेनलाई अहिले उपलब्ध गराइरहेको हतियारमा कटौती गर्न लागेका हुन् ।

नेटो र ईयूले आफूसँग भएका पछिल्लो प्रविधि पनि नदिएको आरोप लाग्दै आइरहेको र युक्रेनका राष्ट्रपति जेलेन्स्कीकले थप हतियार मागिरहेको बेला हतियार कटौती गर्न लागेका हुन् ।

रक्षा विज्ञहरुका अनुसार इयू र नेटोले सिधैं युक्रेनलाई थप दिएर दिए रुस झन् आक्रामक हुने भएकोले ब्ल्याक मार्केटमा हतिायर पठाउन लागेको छ । ब्ल्याक मार्केटमा पठाउँदा सिधै रुससँग निहु खोजेजस्ताे पनि नहुने र कमिसन पनि आउने भएकोले नेटो र इयूले त्यो बाटो रोजेको बताइएको छ ।

भारतीय सेनाका पूर्व ब्रिगेडियर तथा रक्षा विशेषज्ञ डीएल त्रिपाठीले पश्चिमा देशहरुले युक्रेनलाई सुरुमा उचाले र युद्धको सुरुदेखि नै आवश्यक मात्रामा अस्त्र नपठाएको बताउँछन् ।

जेलेन्स्कीले बारबार माग गर्दै पनि अहिलेसम्म लामो दूरीका अस्त्र नदिएको त्रिपाठीको दाबी छ । पश्चिमा देशहरुले युक्रेनलाई रुसविरुद्ध उकासेर बीचमै छोड्न सक्ने बताए ।

त्यसैगरी अर्का भारतीय सेनाका रिटायर मेजर जनरल तथा रक्षा विशेषज्ञ संजय साईले अहिलेसम्म पश्चिमा देशहरुले युक्रेनलाई ८० किलोमिटरसम्म मार हान्ने हतियार नदिएको बताए ।

पश्चिमा देशहरुको भनाईमा लागेर रुसविरुद्ध उभिनु युक्रेनका राष्ट्रपतिको मूखर्तापूर्ण कमजोरी भएको बताउँछन् । उनले त्यसको परिणाम जेलेन्स्कीले भोग्ने समेत साईले बताए । अमेरिकाले अझै युक्रेनलाई उचाल्ने काम गरिहरेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेका छन् । अमेरिकाले इरानविरुद्ध इजरालयलाई लगाउँदै आएको छ । अहिले पनि बाइडन इजरायललाई युद्धको लागि तयारी गर्न त्यहाँ पुगेको बताइएको छ । इजरायलले गर्ने सैन्य अभ्यासको समेत बाइडनले अवलोकन गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal