आज :

काठमाडौंको भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

  • अनलाइन डबली

काठमाडौं । भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।

आगो लागेको जानकारी पाएसँगै प्रहरीले पुगेको थियो । प्रहरीले खबर गरेपछि पहिले काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको थियो ।

अझै आगो नियन्त्रणमा नआएपछि थप ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

आगो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी रहेको छ भने अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रहरीले आगो कसरी लाग्यो भनेर अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal